एकै दिन डोटीका ३१ जनामा कोरोना देखियो

डोटीमा बिहिवार ३१ जनामा कोरोना देखिएको छ । ६८ नमुनाको एन्टिजेन परिक्षण गर्दा उक्त संख्यामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय डोटीका कोरोना सम्पर्क व्यक्ति डिल्ली रमण जोशीले जानकारी दिए ।

स्वास्थ्य कार्यालय डोटीका कोरोना सम्पर्क व्यक्ति जोशीका अनुसार जिल्लामा सक्रिय कोरोना संक्रमितको संख्या ८३ पुगेको छ । सक्रिय कोरोना संक्रमित मध्ये एक जना अस्पतालमा उपचाररत छन् भने बाँकी ८२ जना होम आईसोलेसनमा रहेका छन् ।
पछिल्लो समय डोटी जिल्लामा कोरोना संक्रमितको संख्या उकालो लागिरहेको छ ।
