सहकारीको व्यावसायिक योजना निर्माण तालिम सम्पन्न

Sayalb
डोटी : सहकारी संस्थाहरुको व्यावसायिक योजना तयारी तालिम कार्यक्रम सम्पन्न भएको छ । बिहीबार देखी दिपायलमा सुरु भएको तालिम शनिवार सम्पन्न भएको हो  । सायल र बोगटान फुड्सिलगाउँपालिका ग्रामीण जलस्रोत व्यवस्थापन परियोजनाको आयोजनामा गरिएको तालिममा दुवै पालिकाका तिन वटा सहकारीको सहभागिता रहेको थियो । तालिममा सायल  र बोगटानका १४÷१४ जना गरी २८ सञ्चालक समितिका सदस्यहरूको सहभागिता रहेको परियोजनाका बोगटान जलस्रोत अधिकृत सुनिल विश्वकर्माले  जानकारी दिए  ।
सहकारीको प्रभावकारी व्यवस्थापनका लागी तालिम प्रभावकारी भएको  एकता बहु उद्देश्य सरकारी संस्थाका अध्यक्ष टेकबहादुर बोहराले बताउनु भएको छ ।  ग्रामीण जलस्रोत व्यवस्थापन परियोजनाको सहयोगका कारण पनि सहकारीको नियमित व्यवस्थापन तथा प्रभावकारी बनाउनका लागी काम भएको लगनशील महिला साना किसान कृषि सहकारी संस्थाका अध्यक्ष सृजना डुम्रेलले बताइन् ।
तालिममा सहकारी ब्यबसायिक योजना निर्माण गरिएको छ । सहकारी विज्ञको सहयोगमा तयार गरिएको उक्त योजना सहकारीका अध्यक्षहरूलाई हस्तान्तरण समेत गरिएको छ । ग्रामीण जलस्रोत बेस्थापन परियोजनाद्धारा सहकारी शिक्षा, सहकारी मार्फत सङ्कलन केन्द्रको  भवन निर्माण, संस्थागत क्षमता विकासका काम भएको परियोजनाका सायल जलस्रोत अधिकृत गणेश उपाध्यायले बताए ।  खानेपानी तथा सरसफाईका क्षेत्रमा काम गर्दै आएको ग्रामीण जलस्रोत व्यवस्थापन परियोजनाले जानकारी दिएको छ ।
परियोजनाको अवधि सकिन लागेको भए पनि परियोजना मार्फत भएका कामहरूको दिगोपना तथा व्यवस्थापनका लागी सबैको सहयोगको अपेक्षा गरिएको परियोजनाका जलस्रोत सल्लाहकार दिभाकार द्धालले बताए । तिन दिनसम्म सञ्चालन भएको तालिममा सिकेका ज्ञान सहकारीको व्यवस्थापनमा प्रयोग गर्न सायल गाउँपालिकाका उपाध्यक्ष बिस्ना सिंहले आग्रह गरिन् ।
Shaileshwori
Loading...