
डोटी : नेकपा एमालेले डोटीको जोरायल गाउँपालिकामा मनोनयन दर्ता गरेको छ । एमालेले आइतबार वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि पार्टीका सबै पदमा आजै मनोनयन दर्ता गरेको हो ।
जोरायल गाउँपालिकामा एमालेबाट अध्यक्षमा दुर्गा ओझा र उपाध्यक्षमा जमुना बोहरा उम्मेदवार रहेका छन् । ओझा र बोहरा २०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा एमाले बाटै गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा निर्वाचित भएका थिए । बाँकी पालिकामा आज सामान्य केही प्राविधिक समस्याका कारण भोलि मनोनयन दर्ता गर्ने एमालेका जिल्ला अध्यक्ष चक्र मल्लले बताए ।

आसन्न निर्वाचनमा पनि उम्मेदवार बन्ने भएपछि यसअघि नै उनीहरूले पदबाट राजीनामा गरिसकेका छन् । सत्ता गठबन्धनले भने अहिले सम्म उम्मेदवारको टुङ्गो लगाउन सकेको छैन ।

