हराएको विमान जलिरहेको अवस्थामा फेला, चालक दलका सदस्य तथा यात्रुहरूको अवस्था अज्ञात

Sayalb
काठमाडौँ : सम्पर्क विहीन भएको तारा एयरको जहाज जलिरहेको अवस्थामा फेला परेको छ । पोखराबाट जोमसोम जाँदै गरेको तारा एयरको विमान म्याग्दीको घोडे पानी क्षेत्रबाट बिहान १०ः०७ पछि सम्पर्कविहीन भएको थियो । उक्त जहाज मुस्ताङ जिल्लाको थासाङ गाउँपालिकाको–२ लारीकोटभन्दा माथिल्लो क्षेत्र लाङ्चिगोलामा जलिरहेको अवस्थामा फेला परेको नेपाली सेनाका उपरथी बाबुराम श्रेष्ठले बताए ।
उनले भने, ‘त्यहाँ जहाज दुर्घटना भएको सूचनापछि सबै फौजलाई त्यसतर्फ केन्द्रित गराइएको छ, यद्यपि टोली पुगिसकेको छैन ।’ उनका अनुसार नेपाली सेनाको हवाई फौज कोभाङ भन्ने स्थानमा छ, अहिले स्थानीयले दुर्घटना भएको भनेको स्थानदेखि यो कम्तीमा तीन घण्टाको दूरीमा पर्छ ।
सो विमानमा रहेका चालक दलका सदस्य तथा यात्रुहरूको अवस्थाको बारेमा पूर्ण विवरण आउन सकेको छैन । यस क्षेत्रमा मौसमको खराबीका कारण सो क्षेत्रमा जानलाई कठिनाइ भइरहेको जानकारी प्राप्त भएको छ । सो जहाजमा १९ यात्रु र ३ जना चालक दलका सदस्यसहित २२ जना छन् ।
Shaileshwori
Loading...