

जेठ ३१, डोटी
समाजमा रहेका विकृती बिसंगती र आम नागरिकको ब्यवहार परिवर्तमा स्वयंमसेवकको भुमिका आवश्यक रहेकाले टोल टोलमा स्वयंमसेवक अवधारणा अघी बढाउन एक कार्यक्रमका सहभागिहरुले बताएका छन् ।
युनिसेफ नेपालको सहयोगमा बास नेपालले मंगलबार डोटी जिल्ला सदरमुकाम सिलगढीमा आयोजनाका गरेको बासका स्वयंमसेवकहरु संगको समिक्षा बैठकमा सहभागि स्वयंम सेवकहरुले उक्त कुरामा जोड दिएका थिए ।
समिक्षा बैठकमा बोल्दै डोटी बहुमुखी क्याम्पसमा अध्ययनरत पुर्विचौकी गाउँपालिका १ की स्वयंम सेवक तुल्छी ओलीले हामीले केही दिन स्वास्थ्य संस्थाहरुमा गएर स्वयंमसेवकको रुपमा काम गर्दा सेवा ग्राहीले राहातको अनुभुति त गरे तर पनि हाम्रो समाजमा बस्ने अधिकांश मानिसहरुको अझै ब्यवहार परिवर्तमा सहयोग गर्न आवश्यक रहेको बताईन् । उनले भनिन हाम्रो समाजमा केही मानिसहरु त यस्ता छन् जो आफ्नो बारेमा समेत सामान्य जानकारी छैन् । उनले स्थानीय सरकारले पनि बास नेपालका जस्तै टोलटोलमा स्वयंमसेवक बनाउन आवश्यक रहेको समेत सुझाब दिईन् ।
उनि मात्र होईनन् बैठकमा बोल्दै अर्का सहभागि डोटी क्याम्पसमा अध्ययनरत आदर्श गाउँपालिकाका स्वयंमसेवक धन बहादुर बोहराले बासमा स्वयंमसेवक भएर काम गर्दा दाम र नाम दुबै हुने गरेको बताए । उनले भने स्थानीय सरकार र गैरसरकारी संघ संस्थाहरुले हामी जस्ता युवाहरुलाई समाज परिवर्तमा परिचालन गर्ने हो भने समाज परिवर्तन गर्न समस्या छैन् ।
दिपायल सिलगढी नगरपालिका ६ की अर्का स्वयंमसेवक मुस्कान मलासीले पनि स्थानीय सरकारले पनि टोलटोलमा स्वयंमसेवकको कार्यक्रम अघाडी बढाउनु पर्ने बताईन् । उनले भनीन क्याम्पसमा पढ्ने सानो उमेरमा बासको स्वयंम सेवकहु भन्दै टोलमा कोभिडको बारेमा जानकारी दिन पाउनु पनी सौभाग्य हो, सिक्ने अबसर पनि हो । स्वास्थ्य कर्मिले आगामी दिनमा हुने अभियानमा पनि सहयोग गर्न अनुरोध गरेको समेत बताईन् ।
कार्यक्रममा बोल्दै अर्को स्वयंमसेवक डोटी क्याम्पसमा अध्ययनरत दिपायल सिलगढी नगरपालिका ८का स्वयंमसेवक श्याम खड्काले स्वयंम सेवकहरु गाउँघरमा मात्र नभएर सचेतनामुलक अभियानमा विभिन्न क्याम्पस बिद्यालय तहमा र खबरदारीको लागि सरकारी कार्यालयहरुमा पनि परिचालन हुन सके अभियान थप प्रभावकारी हुने बताए ।
समिक्षा बैठमा बोल्ले अधिकांश स्वयंसेवकहरुले प्रत्येक टोलटोलमा १, २ जना सामाजिक अभियान कर्ता हुन आवश्यक रहेकोले स्थानीय सरकारले यो अबधारणालाई प्राथमीकतामा राखेर अघी बढ्नुपर्ने बताएका थिए ।
दिपायल सिलगढी नगरपालिकामा बासले स्वयंमसेवक परिचालन गरी स्वास्थ्य क्षेत्रलाई महत्वपूर्ण सहयोग पुगेको नगरपालिका स्वास्थ्य शाखा संयोजक गणेश भण्डारीले बताए । उनले भने स्वास्थ्य जस्तो सम्बेदनशिल क्षेत्रमा समय समयमा विभिन्न अभियानहरु संचालन गर्नुपर्ने तर आवश्यकता अनुसार जनशक्ति नहुदाँ सेवा प्रबाहमा केही ढिलाई हुने गरेपनी पछील्ला दिनका बिभिन्न अभियानहरुमा बासका स्वयंमसेवकहरुको अभियान सफल पार्न महत्वपूर्ण भुमिका निबार्ह गरेको बताए ।
बैठककमा स्वयंमसेवकहरुले विभिन्न वडाहरुमा आफुले गरेका कामको चुनौति र सिकाईको बारेमा समिक्षा गर्नुका साथै आगामी दिनका लागि केही सुझाबहरु समेत राखेका थिए । स्वयंमसेवकहरुले बासले डोटीका अन्य पालिकामा पनि कार्यक्रम संचालन गर्नुपर्ने, थप कार्यक्रमको लागि अन्य स्थानिय तहहरु संग पनि समन्वय गर्नुपर्ने, जिल्ला स्तरका क्याम्पस र विद्यालयहरुमा पनि विभिन्न अन्र्तक्रिया कार्यक्रमहरु संचालन गर्नुपर्ने, जिल्ला स्तरका सरकारी तथा स्थानीय तहका कार्यालयहरुमा खबरदारीका कार्यक्रमहरु संचालन गर्नुपर्ने कुरामा सुझाब समेत दिएका थिए ।
बास नेपालको ब्यवहार परिवर्तका लागि जोखिमपूर्ण संञ्चार, परियोजना अन्र्तगत सुदुरपश्चिमका विभिन्न जिल्लाका आठ वटा पालिकामा १५ देखि २० जनाको स्वयंयसेवक टीम गठन गरि स्थानीय सरकारका विभिन्न कार्यक्रममा प्रत्येक्ष रुपमा सहयोग गरिरहेका छन् । स्वयंमसेवकहरुले कोभिड खोप अभियान, जनचेतनामुलक अभियान, सिमानाकाहरुमा सामाजिक सुरक्षा कार्यक्रम, विभिन्न मेला महोत्सवमा, सरसफाई अभियानमा लगाएतका विभिन्न क्षेत्रमा स्वयंमसेवकहरु परिचालन हुने गरेका छन् । डोटीको दिपायल सिलगढी नगरपालिका र जोरायल गाउँपालिकामा स्वयंमसेवको टीम रहेको छ ।
नगरपालिकाको सभाहलमा भएको समिक्षा बैठकमा दिपायल सिलगढी नगरपालिका अन्र्तगतका २२ जना स्वयंमसेवकहरु बासका कर्मचारीहरुको पनि सहभागिता रहेको थियो । बैठकको सहजिकरण बास नेपालका कार्यक्रम अधिकृत गणेश मौनीले गरेका थिए ।
