भ्रष्टाचार नियन्त्रण तथा सुशासन पारदर्शिता बारे अन्तरक्रिया

डबल बम, डोटी

डोटी जिल्लामा भ्रष्टाचार नियन्त्रण तथा सुशासन, पारदर्शिता बारे एक दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग कञ्चनपुरको आयोजनामा आइतबार दिपायल सिलगढी नगरपालिकाको सभाहलमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।

बढ्दै गएको भ्रष्टाचारलाई नियन्त्रण गर्न डोटी जिल्लाका सबै पालिकाका सम्पूर्ण प्रशासकिय अधिकृत तथा कर्मचारीलाई भ्रष्टाचार नियन्त्रण गर्न सके विकास निर्माणमा पुग्ने टेवा तथा कानुनको बारेमा जानकारी गराउन कार्यक्रमको आयोजना गरिएको हो ।

Sayalb

कार्यक्रममा बोल्दै दिपायल सिलगढी नगरपालिकाका प्रमुख विजय खड्काले अघिल्लो सरकारको जस्तो लापरबाही नगर्ने बताए । साथमा योजनाहरू गुणस्तरीय छन् या छैनन्, योजना राम्रो सँग बने नबनेको राम्रो सँग जाँच गरेर मात्र योजना पास गर्ने बताउँदै बजेट कार्यकर्ता मुखी नहुने बताए ।

डोटी जिल्ला समन्वय समितिका सभापति लक्ष्मण सिंहले भ्रष्टाचार नियन्त्रणका लागि आफू सधैँ कटिबद्ध भएर लाग्ने तथा जिल्लाका सम्पूर्ण पालिकाका जनप्रतिनिधिहरू तथा कर्मचारीलाई इमानदार, स्वच्छ, पारदर्शी र जनमुखी भएर लाग्नुपर्ने करामा जोड दिए । कार्यक्रमको अन्त्यमा बोल्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोग कञ्चनपुरका प्रमुख राम बहादुर कुरुम्बाङले अख्तियार आयोगका कर्मचारी मात्र लागेर नहुने भएकाले सम्पूर्ण कर्मचारीले आ–आफ्नो ठाउँबाट मन, बचन जनतालाई समर्पित गरी निष्पक्ष, पारदर्शी तरिकाले लाग्नुपर्ने बताए ।

कार्यक्रममा डोटी जिल्लाका विभिन्न पालिकाका प्रशासकीय अधिकृत, कर्मचारी, जिल्ला प्रहरी कार्यालय तथा सशस्त्र प्रहरी कार्यालयका प्रतिनिधि, पालिकाका प्रमुख÷उपप्रमुख तथा पत्रकारको सहभागिता रहेको थियो ।

Shaileshwori
Loading...