सामाजिक कुरीति विरुद्ध प्रशासनद्वारा सचेतना 

गणेश मौनी
असार २४, डोटी 
सामाजिक कुरुती विरुद्ध जिल्ला प्रशासन कार्यालय डोटीको अगुवाइमा सचेतनामूलक कार्यक्रम सञ्चालन भएको छ ।
समाजमा हुने गरेका कुरीति,विकृति, विसङ्गतिको अन्य गरी सभ्य समाज निमार्ण गर्न जिल्ला प्रशासन कार्यालय डोटीको अगुवाइमा सचेतनामूलक कार्यक्रम शुक्रवार दिपायल सिलगढी नगरपालिका ३ स्थित दिल्पेश्वर माध्यामीक विद्यालयमा आयोजना गरिएको थियो ।
समाजमा रहेका विद्यमान कुरीति कुसंस्कारहरूको विरुद्धमा सबैलाई सचेत पार्ने उद्देश्यले सचेतनामूलक कार्यक्रम आवश्यक रहेको डोटीका प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठले बताइन् ।  उनले भनिन् हाम्रो समाज, छर छिमेक, टोलमा कुसंस्कार विकृति के के रहेका छन् तिनीहरूको पहिचान गर्नुपर्छ त्यसपछि न्यूनीकरण गर्न सहज हुन्छ ।
 बालबालिकाहरूलाई लक्षित गर्दै प्रजिअ श्रेष्ठले बालबालिकाहरू आफ्नो हक अधिकार र कर्तव्यको बारेमा जानकार हुनुपर्छ अनि मात्र अरूलाई भन्न मिल्छ । त्यसैले विद्यालय क्याम्पसमा अध्ययनरत बालबालिकाहरू आफ मात्र सचेत नभई आफ्नो घर परिवारलाई समेत कुरीतिबाट सचेत रहन जानकारी गराउनु पर्ने बताइन् ।
Sayalb
सचेतनामूलक अभियानलाई विभिन्न सरकारी तथा गैरसरकारी सङ्घ संस्थाहरूले जिल्लाका ग्रामीण क्षेत्रहरूमा प्राथमकीकताका साथ अगाडी बढाउनु पर्ने समेत प्रजिअ श्रेष्ठले बताइन् ।  समुदायमा हुने अपराधीक गतिविधिलाई न्यूनीकरण गर्न सहयोग पुग्नुका साथै सभ्य समाज निमार्ण होस भन्ने हेतुले हामी जनताको घरदैलो, विभिन्न बिद्यालयममा गएर विभिन्न कार्यक्रमहरू गर्ने गरेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायब उपरीक्षक भोला भट्टले बताए । उनले भने बालबालिका भनेका भोलिका भविष्य हुन त्यसैले कुनै बालबालिका विकृति विसङ्गति, अपराधीक गतिविधिमा संलग्न हुनु हुँदैन कोही त्यस्ता बालबालिका छन् भने सबै मिलेर सुधार गर्नुपर्छ ।
प्रहरीले समय समयमा जनचेतना मूलक कार्यक्रमका साथै नागरिकलाई सहायता पुगोस् भन्ने हेतुले नेपाल प्रहरीको काम कर्तव्यका साथै कुनै अपराधीक घटना, प्रकोप जन्य घटना, कुनै दृघटना भई हाले प्रहरीलाई कसरी छिटो भन्दा छिटो सम्पर्क गर्न सकिन्छ भन्ने विषयमा जानकारी गराउँदै आइरहेको  समेत प्रहरी नायब उपरीक्षक भट्टले बताए ।
बालबालिकाहरूले बाल अधिकार र कानुनको बारेमा जानकार हुन आवश्यक रहेको उच्च सरकारी वकिल कार्यालय राजपुरका निमभक्त न्यायधीबक्ता प्रकाश राज भण्डारीले बताए । उनले भने बालबालिका नै सचेत हुनुपर्छ तब मात्र आफ्नो अधिकारको बारेमा बोल्न सहज हुन्छ । सरकारी वकिल कार्यालयको काम कर्तव्यको बारेमा आम नागरिक जानकार हुनुपर्ने जिल्ला सरकारी वकिल कार्यालय डोटीका न्यायधीबक्ता नरेन्द्र देवकोटाले बताए  ।
Shaileshwori
Loading...