जहाँ दुध बेच्न जात मिल्नु पर्छ

Sayalb

कर्ण चन्द  डोटी, साउन १२
बिवाह गर्दा जात र गोत्र मिलाउने सबैले सुन्नु भएककै होला तर गाइ/भैँसीको दुध बेच्न पनि जात मिलाउनु पर्छ भनको सुन्दा अच्चम मान्नु होला । डोटीको दिपायल सिलगढी नगरपालिका– ५ धामीगाउँमा दलित समुदायका किसानले उत्पादन गरेको दुध बेच्न मिल्नु पर्ने हुन्छ । दलित किसानहरुले ग्राहक पनि दलित नै खोज्नु पर्ने हुन्छ ।
दिपायल सिलगढी नगरपालिका–५ धामी गाउँकी जोगेनी पार्की भैँसी पालन गर्छिन् । दुध बिक्री गर्न सदरमुकाम सिलगढी बजारमा गईन् भाडाको घरमा बस्दै आएका एक जना ब्राह्मण परिवारलाई नियमित ग्राहक बनाईन् । दुई दिनसम्म नियमित दुध पु¥याईन् तेस्रो दिन देखी छोराले दुध खाँदैन अब दुध नल्याउनु भनेपछी नयाँ ग्राहक खोज्नु पर्यो । जोगेनी मात्रै होइन धामीगाउँकै गंगा पार्कीले पनि उस्तै नियती ब्यहोर्नु पर्यो । गंगाले आफ्नो फुर्सद नभएपछी छोरीलाई दुध बेच्न बजार पठाईन् सिलगढी कै एक स्थानियको घरमा नियमित ग्राहक बनाईन् । चार दिनसम्म नियमित दुघ पु¥याइन उनि गंगा पार्कीको छोरी भएको थाहा पाएपछि घरखर्चको अभाब भएका कारण दुध खरिद गर्न नसक्ने बताउँदै अब देखी दुध नल्याउनु भनियो । छोराले खुध नखाएको पनि होईन घरखर्च अभाबका कारण दुध खरिद गर्न नसक्ने पनि अबस्था थिएन कारण थियो दुध ल्याउने ब्यक्तीहरु दलित समुदायका थिए । दलित भएको जानकारी पाएपछी बहाना बनाएर दुध लिन मानेनन् ।
गैर दलित समुदायले दुध खरिद नगर्ने भएपछी दलितले पालेको गाइ भैँसीको दुध बिक्री गर्नका अर्को दलित परिवार नै खोज्नु परेको छ । थाहा नपाएसम्म दुघ खरिद गरेपनि पछि कुनै न कुनै बहानामा नकिन्ने गरेको प्रगतिशिल महिला समुहकी अध्यक्ष नन्दा पार्कीले बताईन् । उनले भनिन् ‘ दलित भएका कारण दुध नकिन्ने भन्दैनन् पहिला ग्राहक बन्छन् थाहा पाएपछी बिभिन्न बाहाना बनाएर छुटाउने गरेका प्रशस्त उदाहरण छन् ।’ उनले थपिन ‘हामीलाई एक बहाना गर्दछन्, हामीलाई छुटाएर हाम्रै अघी अर्को गैर दलित समुदायबाट खरिद गर्नेगरेका छन्, दुध खरिद गर्ने उनिहरुको स्वतन्त्रता भएपनि दलित भएका कारण बिभेद हो ।’
धामीगाउँकै नरु पार्की दैनिक ५/६ लिटर दुध बिक्री गर्छिन् उनका सबै ग्राहक दलित समुदाय नै छन् । उनि भन्छिन् ‘गैर दलित सकेसम्म ग्राहक बन्दैनन् थाहा नपाएर बने पनि पछि छुटाई हाल्छन् त्यसैले हाम्रै समुदायका ब्यक्तीहरु भएको ठाउँमा दुध बिक्री गर्ने गछौँ ।’ धामीगाउँका एक दर्जन भन्दा धेरै दलित परिवारले गाईभैँसी पालन गरेर दुध बिक्री गर्दै आएका छन् । उनिहरु सबै जनाका ग्राहक दलित समुदाय नै रहेको मायाँ पार्कीले बताईन् । दलित समुदायले उत्पादन गर्ने दुध स्थानीय डेरीमा समेत बिक्री नहुने गरेको उनिहरुको गुनासो छ ।
दलित माथीको बिभेद कायमै छ :धिकारकर्मी
संबिधानमा दलितका हक अधिकार सूनिश्चितता गरेको भए पनि ब्यबहारिक रुपमा कुनै न कुनै रुपबाट दलित समुदाय माथी बिभेद गरेको दलित अधिकारकर्मीहरु बताउँछन् । अधिकारकर्मी अधिराज बिसीले भने ‘अहिले पनि दलित र गैर दलितको छुट्टाछुट्टै धाराहरु छन्, दलितको दुध बेचिदैन्, यस्ता कयौँ बिभेदहरु छन् जसका कारण थिचोमिचो भएर बस्नु परेको छ ।’ २१औँ शताब्दीमा पनि जात मिलाएर दुध बिक्री गर्नु पर्ने अवस्था आउनु अमानबियता भएको अधिकारकर्मीहरु बताउँछन् ।
जातिय छुवाछुत तथा भेदभाब अन्त गर्ने बिषयमा स्थानीय सरकारको प्राथमिकतामा परेको छैन् । असार १० गते स्थानीय सरकारले निती कार्यक्रम र बजेट गाउँसभामा पेश गरेपनी बिभेदको सवाल निती कार्यक्रम र बजेटमा नगन्य मात्रमा स्थान पाएको छ । संबिधान तह स्थानिय तहको वडामा दलित महिला सदस्य अनिवार्य प्रतिनित्वको ब्यवस्था गरेको भए पनि उनिहरुको निर्णायक तहमा हस्तक्षपकारी भूमिका छैन् ।

Shaileshwori
Loading...