
डोटी : ९१ वर्षीय वृद्ध नेकपा एकीकृत समाजवादी पार्टीमा प्रवेश गरेका छन् । नेकपा एकीकृत समाजवादी जिल्ला कमिटी डोटीले शनिबार जिल्ला सदरमुकाम सिलगढीमा आयोजना गरेको अगुवा कार्यकर्ता भेलामा दिपायल सिलगढी नगरपालिका वडा न. ८ निवासी हेम बहादुर माझी पाटी प्रवेश गरेका हुन ।

माझीले नेकपा एमाले परित्याग गरी नेकपा एकीकृत समाजवादी पाटीमा प्रवेश गरेका हुन । माझीले भने वृद्ध भत्ताको सुरुवाद गर्ने नेता माधव कुमार नेपाल भएकाले वृद्धहरूका लागि काम गर्ने पाटी समाजवादी पाटी भएको महसुर गरेर प्रवेश गरेको हुँ ।
त्यसैगरी दिपायल सिलगढी नगरपालिका वडा न। ५ निवासी २० वर्षीय सिला थापा मगर पनि प्रवेश गरेकी छिन । कार्यक्रमका प्रमुख अतिथि तथा नेकपा एसका अध्यक्ष माधव नेपालले वृद्ध देखि युवाको आकर्षक समाजवादी पाटी रहेको बताएका छन् । त्यसैगरी विभिन्न पाटी परित्याग गरी २५१ जना उक्त पाटीमा प्रवेश समेत गरेका छन् ।
