
नारद नेपाली, डोटी

उपेक्षित समुदाय सशक्तीकरण तथा विकास मञ्च डाेटीले जिल्लाको शिखर नगर पालिकामा सुचना प्रविधि सम्बन्धि सामाग्री हस्तान्तरण गरेकाे छ ।
इएलसिए र लुथरन विश्व फेडेरेशन नेपालकाे आर्थिक सहयाेग र उपेक्षित समुदाय सशक्तीकरण तथा विकास मञ्च डाेटीद्वारा संचालित मुक्त हलिया तथा आन्तरिक विस्थापित समुदायकाे आर्थिक तथा सामाजिक अधिकार प्रवर्द्धनका लागि सामुहिक प्रयास २ (साहस २) परियाेजना अन्तरगत उक्त सामाग्री हस्तान्तरण गरेकाे हाे ।
नगर पलिकाका ११ वडामा र नगर कार्यपालिकामा पुग्ने गरि गुनासाे तथा सुझाभ पेटीका १२ ओटा, शुद्ध पिउने पानि २ अाेटा ड्रम र ६ थान पंखा हस्तान्तरण गरेकाे हाे ।
एक कार्यक्रमकाे अयाेजना गर्दै शिखर नगर पलिकामाकाे कार्यलयमानै गएर संथाका उपाध्यक्ष, बिस्ना देवि सिंह र सचिव डम्बर सिह डाैडीले निमित्त प्रमुख प्रशासकिय अधिकृत प्रमानन्द शर्मालाइ सामग्री हस्तान्तरण गरेका हुन् ।
आम नगरिकले सजिलै संग सुचना प्रप्त नगरिरहेका बेला आम नागरिकलाई सुचना प्रप्त गर्न र समुदायमा हुने गरेका क्रियाकलापकाे सजिलाै संग गुनासाे उजुरी गर्न पाउन भन्ने उदेश्यले उक्त सामाग्री हस्तान्तरण गरेकाे उपेक्षित समुदाय सशक्तीकरण तथा विकास मञ्च डाेटीका कार्यक्रम अधिकृत भक्तराज उपाध्याले जनाकारी दिनु भयाे ।
सामाग्री बुझ्दै शर्माले आवश्यक सामग्री प्राप्त भएकाले सुचना प्रविधि सम्बन्धि सामाग्रीले नगरवासिलाई सहज हुने बताए ।
