श्रमिक महिला समूहले के.आई.सिंहलाई नौ बुँदे ज्ञापन पत्र बुझायो

सिलगढी : डोटीको के आई सिंह गाउँपालिकालाई श्रमिक महिला समूहले विभिन्न माग राख्दै नौ बुँदे ज्ञापन पत्र बुझाएको छ । सम विकास केन्द्र नेपाल र एक्सन एड नेपालको संयुक्त साझेदारीमा सञ्चालित द महिला नेटवर्क परियोजना के आई सिंह गाउँपालिका स्तरीय समान कामको समान ज्याला श्रमिक महिलाको स्वास्थ्य र सुरक्षा सम्बन्धी अन्तरक्रिया कार्यक्रममा ज्ञापन पत्र बुझाइएको हो ।
गाउँपालिकाका अध्यक्ष लोकेन्द्र बहादुर शाहीलाई बुझाइएको ज्ञापन पत्रमा नेपाल सरकारले निर्धारण गरेको न्यूनतम ज्याला अव्यवहारिक रहेको ठहर गर्दै ज्याला वृद्धिका लागि पहल गर्न भनिएको छ ।
लैङ्गिक समानता र सामाजिक समावेशीकरणका आधारमा श्रमिक र श्रमिक महिलालाई रोजगारको सुनिश्चितता गर्ने नीति कार्यान्वयन गर्न, जोखिमको अवस्थामा श्रममा संलग्न श्रमिक महिलाहरूका लागि सुरक्षित कार्यस्थलको व्यवस्थामा जोड दिन, श्रमिक बिमा अनिवार्य हुनुपर्ने लगायतका माग ज्ञापन पत्रमा छन् । त्यस्तै घरेलु काममा संलग्न महिलाहरूको घरेलु कामको मुल्याकंनमा आधारित प्रणालीको व्यवस्थापन गर्न, कार्यस्थल, संस्था, सार्वजनिक सरोकारका निकायहरूमा मर्यादित सामाग्रीको व्यवस्था हुनुपर्ने माग पनि गरिएको छ ।
Sayalb
Shaileshwori
Loading...