
डोटी जिल्लाको सायल गाउँपालिका–४ डौडमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । करेन्ट लागेर स्थानीय ६४ बर्षका काशी ढोलीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक लक्ष्मीराज जोशीले जानकारी दिनु भएको छ ।

घर नजिकै रहेको बाँस काट्ने क्रममा बाँस बिधुत तारमा खस्दा करेन्ट लागेर मृत्यु भएको हो । शुक्रबार ८ः१५ बजे (आज) करेन्ट लागेर ढोलीको मृत्यु भएको हो ।
