डोटीमा विभिद कार्यक्रम गरी निजामती सेवा दिवस मनाइने

Sayalb

गणेश मौनी
भाद्र १७, डोटी
निजामती सेवा दिवस २०७९ लाई डोटी जिल्लामा विभिद कार्यक्रमहरुको आयोजना गरि मनाईने भएको छ ।
“ब्यवसायीक र सिर्जनशिल प्रशासन, विकाश समृद्धी र सुशासन” भन्ने मुल नाराका साथ निजामती सेवा दिवस २०७९ लाई डोटी जिल्लामा पाँच दिन सम्म विभिन्न कार्यक्रमहरुको आयोजना गरि मनाईने कार्यक्रम रहको निजामती सेवा दिवस जिल्ला समारोह समिति डोटीका संयोजक एवं डोटीका प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठले बताईन् ।
निजामती सेवा दिवस जिल्ला समारोह समितिले सार्वजनिक गरेको कार्यतालिका अनुसार भाद्र १८ गते बिहान ७ बजे जिल्ला समन्वय समिति देखी शैलेश्वरी मन्दिर सम्म सरसफाई गरिने, भाद्र १९ गते बिहान सबै कर्मचारीहरुले आ–आफ्नो कार्यालय सरसफाई गर्ने, भाद्र २१ गते बिहान साढे सात बजे दिपायल सिलगढी नगरपालिका ५ रानीधारामा बृक्षारोपण कार्यक्रम गरिने भएको छ ।
त्यस्तै भाद्र २१ गते साझँ कर्मचारीहरुले आ–आफ्नो कार्यालयमा दिपावली गर्ने, भाद्र २२ गते बिहाँन साढे सात बजे सिलगढीनको ईन्द्रचोक देखी जिल्ला प्रशासन कार्यालय सम्म प्रभावफेरी गर्ने र भाद्र २२ गते दिउँसो २ बजे जिल्ला अस्पताल डोटीमा रहेका बिरामीहरुलाई फलफुल वितरण गर्ने कार्यक्रम रहेको समेत प्रअिज श्रेष्ठले बताईन् ।
निजामती सेवा दिवस २०७९ समारोह समितिले सेवा दिवसको अवसरमा आयोजित विभिन्न कार्यक्रमलाई भब्य र सभ्य रुपमा सम्पन्न गर्न जिल्ला बासी दाजु भाई दिदी बहीनी, कर्मचारी, जनप्रतिनिधी, राजनितीक दल, नागरिक समाज, पत्रकार सबैलाई कार्यक्रममा सहभागिताको लागि आग्रह समेत गरेको छ ।

Shaileshwori
Loading...