

नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी) सुदूरपश्चिम प्रदेशकी सचेतक प्रदेश सभा सदस्य दुर्गा बिक माओवादी केन्द्रमा प्रवेश गरेकी छिन् । प्रमुख सचेतक बिक सहित नेता तथा कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका हुन् ।
कैलाली कंचनपुर जिल्लाबाट विभिन्न पार्टी परित्याग गरि थारु अगुवाहरु माओवादी केन्द्रमा प्रबेश गरेका माओवादी केन्द्र सुदुरपश्चिम प्रदेश कमिटी अध्यक्ष हरिराम चौधरी उत्सबले जानकारी दिए । पार्टीमा नब प्रबेशीहरुलाई नेकपा माओवादी केन्द्रका अध्यक्ष पुस्पकमल दाहाल प्रचण्डले टिका तथा खादा लगाएर पार्टिमा स्वागत गरेका थिए ।
