धनगढीबाट डोटीका लागी हिडेको कार डडेल्धुरामा दुर्घटना, चार जना घाईते

bhukampa

डडेल्धुरामा कार दुर्घटना हुँदा ४ जना घाइते भएका छन् । धनगढीबाट डोटीका लागी हिडेका सु.प.प्र ००१ च ३३६८ नम्बरको कार डडेल्धुराको गन्यापधुरा गाउँपालिका वडा नम्बर २ गजरौलामा दुर्घटना हुँदा दिपायल सिलगढी नगरपालिका- ३ का गोपाल सूचिकार, अमन सूचिकार, सन्तोस नेपाली र चालक कृष्ण ऐर घाईते भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायब उपरीक्षक मनोहर भट्टले जानकारी दिए ।
सडकबाट करिब २५ मिटर तल खसेको कारमा सवार सबै घाईते भएका छन् । घाईतेहरुको उपचारका लागी उप-क्षेत्रिय अस्पताल डडेल्धुरामा लगिएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जानकारी दिएको छ ।

Shaileshwori
Loading...