डोटीमा पशुपंक्षी पालनतर्फ युवाहरूको आकर्षण बढ्दो

गणेश मौनी
असोज १३ डोटी 
डोटीमा पछिल्लो समयमा व्यवसायी रूपमा पशुपंक्षि पालन गर्न तर्फ युवाहरूको आकर्षण वृद्धि भइरहेको छ । आफ्नो आम्दानीको कुनै श्रोत नहुँदा बाहिरी मुलुक धाउँदै आएका युवाहरू पछिल्लो समयमा कृर्षि, पशुपालन, व्यापार व्यवसाय लाई मुख्य आम्दानीको श्रोतको रूपमा प्राथमिकता दिइरहेका छन् ।
करिब ३ वर्ष युएन दुबैमा रोजगारी गरी नेपाल फर्केर ब्यवसायक रूपमा बाख्रा पालन गदै आइरहनु भएका डोटी पुर्विचौकी गाउँपालिका वडा नम्बर ७ का देव बोगटीले विदेशको भन्दा आफ्नै गाउँघरमा राम्रो कमाई हुने गरेको बताउँछन् । उनी २०७२ सालमा विदेशबाट फर्किसकेपछि २०७३ सालमा २/४ वटा बाख्राबाट सुरुवात गरेको व्यवसाय हाल ६०/७० वटा बाख्राहरू रहेको बताए । उनले भने घरपरिवार त्यागेर अरूको देशमा गएर मजदुरी गर्नुभन्दा  आफ्नो गाउँघरमा केही व्यवसाय गर्दा आम्दानी बढ्नुका साथै आत्म सन्तुष्टि हुने गरेको बताए । उनी अहिले वार्षिक रूपमा ७/८ लाख रुपियाँ आम्दानी हुने गरेको बताउँछन् ।
उनी मात्र होइनन् सहकारीको रोजगार छोडेर  कृर्षि तथा पशुपंक्षि फर्म सञ्चालन गरी लोकल कुखुरा पालन गरिरहेकी पुर्विचौकी गाउँपालिका ४ साना गाउँकी सरस्वती कुँवरले पनि आफ्नो व्यवसाय सुरुवात गर्दा आम्दानीका श्रोत बढ्नुका साथै आर्थिक रूपमा सक्षम हुने गरेको बताइन् । उनले भनिन थोरै आम्दानीबाट सुरुवात गरेको कुखुरा पालन हाल व्यवसायी रूपमा नै चिन्छन् ।
Sayalb
करिब १५ लाख बराबरको लगानीमा फर्म सञ्चालन गरेकी सरस्वतीको लोकल कुखुराको माग पुर्‍याउन सकिरहेकी छैनन् । व्यवसायी रूपमा कुखुरा पालन गर्दा दुवै जना श्रीमान् र श्रीमती स्वरोजगार हुनुका साथै छोराछोरीलाई पढाउन लेखाउन समेत सहयोग पुग्ने गरेको सरस्वतीले बताइन् । उनले सञ्चालन गरेको लोकल कुखुरा पालनमा  भेटनरी अस्पताल  तथा पशु सेवा विज्ञ केन्द्र डोटीले समेत सहयोग गरेको थियो ।
व्यवसायी रूपमा पशुपालन गर्दा आर्थिक स्थितिमा सहयोग पुग्नुका साथै छोराछोरी पढाउन लेखाउन सहयोग पुगेको बताउँछन् बडीेकेदार गाउँपालिका वडा नम्बर ४ बुराउसेका तारा सिंह मन्नी । उनी भन्छन् मैले आफ्नो जीवन कालमा धेरै वर्ष भारतमा रोजगारी गरे तर केही प्रगति गर्न सकेन बल्ल आय आर्जनको बाटो खुले जस्तो अनुभव भइरहेको बताए । उनले अहिले व्यवसायी रूपमा बाख्रा पालन गर्दै आइरहेका छन् उनी सँग हाल ७०/८० वटा बाख्राहरू रहेका छन् । उनको खोर सुधारमा भेटनरी अस्पताल  तथा पशु सेवा विज्ञ केन्द्र डोटीले सहयोग समेत गरेको बताए ।
जिल्लाको समग्र पशुपंक्षि र घाँसलाई वृद्धि गरी आत्म निर्भर बनाउन तर्फ कार्यक्रमहरूलाई निरन्तरता दिने गरेको भेडनरी अस्पताल  तथा पशु सेवा विज्ञ केन्द्र डोटीका प्रमुख खड्ग बहादुर शाहले बताए । उनले भने डोटीमा पछिल्लो समयमा युवावर्गहरुमा व्यवसायी रूपमा पशुपंक्षि पालनमा आकर्षण वृद्धि भइरहेको समेत प्रमुख शाहले बताए । उनले भने डोटीमा आर्थिक वर्ष २०७८/७९ मा प्रधानमन्त्री कृर्षि आधुनिकीकरण परियोजना अन्तर्गत शिखर नगरपालिका ६, ८,  १० ब्यवसायक उत्पादन केन्द्र भैँसी क्लब कार्यक्रम अन्तर्गत ७० जना भैसीपालक किसानहरूलाई गोठ सुधारमा सहयोग गरेको, डोटीका सबै स्थानीय तहमा नमुना खोर सुधारमा सहयोग गरेको, घाँसको स्रोत केन्द्र, नर्सरी स्थापना गर्न सहयोग, ट्राउट माछा पालनमा सहयोग, डेरी स्थापनामा सहयोग, पशु स्वास्थ्य शिविर, पीपीआर महामारी रोग विरुद्ध खोप अभियान लगायतका विभिन्न कायक्रमहरु सञ्चालन गरेको समेत बताए ।
सोही प्रकृतिका कार्यक्रमलाई यस आर्थिक वर्षमा पनि निरन्तरता दिने समेत प्रमुख शाहले बताए ।   डोटी जिल्लामा पछिल्लो समयमा व्यवसायी रूपमा कृर्षि, पशुपालन गर्न, व्यापार,व्यवसाय आम्दानीका श्रोतहरू वृद्धि गर्ने कार्यमा बढी युवाहरू नै रहेका छन् ।  जिल्लाको समग्र अवस्था हेर्दा पशुपंक्षिपालन, तरकारी खेती, व्यापार व्यवसाय लगायतका सबै क्षेत्रमा युवाहरूको सहभागिता बढी रहेको पाइन्छ ।
Shaileshwori
Loading...