
डोटी : डोटीको बोगटान फुड्सिल गाउँपालिकामा पालिका स्तरीय चौथो संस्करणको पुरुष रनिङ सिल्ड भलिबल प्रतियोगिता सुरु भएको छ । मङ्गलवार देखि वडा नम्बर ६ गगुडामा प्रतियोगिता सुरु भएको हो । पहिलो दिन पहिलो खेल आयोजक गगुडा ए र सातफरी तथा दोस्रो खेल सिमचौर र चवराचौतारा बिच भएको गगुडा स्वास्थ्य चौकीका सिनियर अ.हेव शिशिर बोगटीले जानकारी दिए ।

पहिलो खेलमा आयोजक गगुडा ए र दोस्रो खेलमा सिमचौर विजयी भएको छ । उद्घाटन कार्यक्रमको प्रमुख अतिथि गाउँपालिका उपाध्यक्ष बिस्ना देउवा बम रहेकी थिइन् भने सभापति वडा नम्बर ६ का वडा अध्यक्ष श्याम बहादुर बोगटी र विशिष्ट अतिथिमा वडा नम्बर १ का वडा खेम घर्तिमगर र वडा नम्बर ५ का वडा अध्यक्ष राम बहादुर बोहरा रहेका थिए ।
कार्यक्रमको सञ्चालन शिशिर बोगटीले गरेका थिए । भोलि को पहिलो खेल आयोजक गगुडा बि र केदार अखडा बिच हुनेछ ।
