बझाङमा जिप दुर्घटना : ६ जनाको मृत्यु, १७ जना घाइते

bhukampa
बझाङ : जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ भने १७ जना घाइते भएका छन् । बुधवार दिउँसो जिल्लाको मष्टा गाउँपालिका–१ स्थित चिउरीमा डुङ्ग्रीबाट मस्टातर्फ गइरहेको सु.प.प्र ००१–००१ च ११७ नम्बरको जिप दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालय बझाङका अनुसार मृत्यु हुनेमा मष्टा खेतकोटकी १२/१३ वर्षीया सम्झना खड्का, १५ वर्षीय रोशन खड्का, ११ वर्षीय प्रचण्ड खड्का र २८ वर्षीया बसन्ती धामी रहेका छन् ।
घाइते हुनेमा मष्टा गाउँपालिका– २ का ८ वर्षीय अमृत खड्का, १३ बर्षिया रोशनी धामी, सिंहवीर बुढा, ३५ वर्षीय राजेश रोकाया, गाडी चालक राजेश रोकाया, ४ वर्षीय सिर्जन सिंह, ११ बर्षिया अम्बिका सिंह, ५० बर्षिया सिन्की देवी भण्डारी, सोही वडा २५ बर्षिया कमला कठायत, २१ बर्षिया निन्दा ओखेडा, ७५ वर्षीय वीर बहादुर खड्का, मष्टा साडा– १ बस्ने ३६ वर्षीय सन्तोष सिंह, २२ वर्षीय ईश्वर ओखेडा, अनीश ओखेडा, १० वर्षीय अङ्कित खड्का, ७५ वर्षीय वीर बहादुर खड्का, ४ वर्षीय सिम्रन सिंह, २२ बर्षिया हेमन्ती सिंह रहेका छन् । जिल्ला प्रहरी कार्यालय बझाङका सूचना अधिकारी रमेशदत्त अवस्थीले अन्य मृतकको पहिचान न खुलेको बताएका छन् ।
दुर्घटना हुँदा घाइते भएका १३ जनाको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । घाइतेमध्ये धेरैको अवस्था चिन्ताजनक रहेको अस्पतालले जनाएको छ । जिप सडकबाट करिब दुई सय मिटर तल खोल्सामा खसेर क्षतिग्रस्त भएको थियो । दुर्घटनामा घाइतेमध्ये धेरैजसो महिला र बालबालिका रहेका छन् ।
Shaileshwori
Loading...