बोगटान पुगेर माओवादी नेताको शन्देस : पार्टी एकताबद्ध छ

Sayalb

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) डोटीमा भित्र कुनै पनि प्रकारको बिवाद नरहेको नेताहरुले शन्देस दिएका छन् । लोकतान्त्रिक बामगठबन्धन डोटीले बोगटान फुड्सिल गाउँपालिकामा आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा माओवादी नेताहरुले उक्त कुरा स्पस्ट गरेका हुन ।
मंसिर ४ गते सम्पन्न हुने प्रतिनिधी तथा प्रदेश सभा सदस्य निर्वाचनमा माओवादीको भागमा परेको प्रदेश सभा ‘ख’मा टिकट बितरणमा क्रममा यस अघी भएको बिवाद हल भएको हो । माओवादी केन्द्रका प्रदेश कमिटि सदस्य प्रदेश सभा सदस्यका उम्मेदवारका लागी सिफारिस भएका नेताहरु प्रेम कुँवर ‘प्रख्यात’ र मिनबहादुर घर्ति ‘बिश्व’ले माओवादी केन्द्रका उम्मेदवार शिब सिं ओलीलाई अस्वीकार गर्ने भन्दै बिज्ञप्ती जारी गरेका थिए ।
यस अघी असन्तुष्ट भनिएका नेताद्धोय कुँवर र घर्तिमगरले गठबन्धनका उम्मेदवार सहित सहभागी कार्यक्रममा लोकतान्त्रिक बामगठबन्धनका उम्मेदवारलाई बिजयी गराउनका लागी अपिल गरेका छन् । कार्यक्रममा बोल्दै कुँवरले भने ‘ओलीको निरंकूस्ताको अन्त्य गर्नका लागी, संबिधान र गणतन्त्रको रक्षामा लागी गठबन्धनका उम्मेदवार जित्न आबश्यक छ हामीले जित्नुको बिपल्प छैन् ।’
पार्टीको निर्णय पक्रीयाका सम्बन्धमा असन्तुष्टी रहेपनी उम्मेदवारलाई बिजयी गराउने सन्दर्भमा कुनै कसर बाँकी नराख्ने कुँवरले बताए । मुलुक न्यूजसंग कुरा गर्दै कुँवरले भने ‘हामी युद्धको भट्टीबाट आएका कार्यकर्ता हौँ पार्टीको निर्णय सर्बोपरी हुन्छ हामी हाम्रो उम्मेदवारलाई जिताउन लाग्छौँ ।’ प्रदेश कमिटि सदस्य घर्तिगरले पनि पार्टीको निर्णय मानेर जाने बताएका छन् ।
पार्टी भित्र भएको बिवाद पुर्णरुपमा हल भएको माओवादी केन्द्र डोटी ईञ्चार्ज तथा प्रदेश सभा ‘ख’का उम्मेदवार शिब सि ओलीले बताए । ओलीले भने ‘ हाम्रो पार्टी भित्र निर्णय नहुन्जेल मतमतान्तर हुन्छन निर्णय पछि सबै एक भएर लाग्छन् यही नै सुन्दर पक्ष हो ।’
पार्टीका नेताहरुका बिचमा भएको भनिएको बिवाद अन्त्य भएपछि माओवादी केन्द्रका कार्यकर्तामा उत्साह थपिएको छ । माओवादी भित्रको बिवाद हल हुन गठबन्धनका लागी पनि सकरात्मक बिषय बनेको छ ।

Shaileshwori
Loading...