आज भाइटिका, उत्तम साइत बिहान ११ बजेर ३७ मा

हिन्दु नेपालीहरूको दोस्रो ठुलो चाड तिहार अर्थात् यमपञ्चकको मुख्य दिन आज भाइटिका, दिदीबहिनीले दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य एवम् ऐश्वर्य प्राप्तिको कामना गर्दै सप्तरङ्गी टीका लगाई मनाइँदै छ । दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाउने गर्छन् ।
दिदीबहिनीलाई पूजा गरी  अखण्ड सौभाग्य, सुखद दाम्पत्य जीवन र ऐश्वर्य वृद्धिका लागि आशीर्वाद दिने शास्त्रीय विधान रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष प्रा. श्रीकृष्ण अधिकारीले जानकारी दिएका छन् ।  आज भाइटिकाको उत्तम साइत बिहान ११ बजेर ३७ मिनेटमा रहेको छ ।
Sayalb
यस वर्ष  टीका लगाइदिने दिदीबहिनी पूर्व र  दाजुभाइ पश्चिम फर्कनुपर्ने समितिका अध्यक्ष अधिकारीले बताए । यसरी टिका लगाउँदा चन्द्रमा सन्मुख पर्ने भएकाले लागाइदिइको टिका सफल हुने र दिदीबहिनीले दिएको आशीर्वाद लाग्ने पनि प्रा. अधिकारीले बताए ।
सप्तरङ्गी टीकाहरू, कहिल्यै नओइलाउने मखमली अथवा सुपारी फूलको माला, सेल रोटी, अनर्सा, मिठा स्वादिला चकलेट, काजू, किसमिस, नरिवल, छोकडा, मिठाई , मरमसला लगायतका खानेकुराहरूसहित आज दिदीबहिनीले दाजुभाइको पूजा गर्ने चलन छ । दाजुभाइले पनि आफ्नो गक्ष अनुसारको दक्षिणा या अन्य उपहारहरू दिदीबहिनीको पाउमा राखेर ढोग्दछन् ।आजका दिन दिदीबहिनी र दाजुभाइ नहुनेले धर्म दिदीबहिनी बनाएर पनि भाइटिका लगाउनुपर्छ भन्ने शास्त्रीय मान्यता समेत  छ ।
Shaileshwori
Loading...