डोटीमा जिप र मोटरसाइकल ठोक्किँदा एक जना घाइते

सिलगढी : डोटीमा जिप र मोटरसाइकल एक आपसमा ठोक्किएका छन् । शनिवार दिउँसो १२ः१५ बजेतिर शान्तिनगरतिर जाँदै गरेको से १ ज ८१० नम्बरको बोलेरो जिप र विपरीत दिशाबाट आइरहेको सु.प्र.प ०१ ००८ प ८८५१ नम्बरको मोटरसाइकल दिपायल सिलगढी नगरपालिका वडा नम्बर ६ थाप्ला मोेडमा एक आपसमा ठोक्किँदा एक जना घाइते भएका छन् ।

Sayalb

जिल्ला प्रहरी कार्यालय डोटीका प्रवक्ता, प्रहरी नायव उपरीक्षक भोला कुमार भट्टका अनुसार घाइते हुनेमा गोदावरी नगरपालिका ११ कैलालीका २४ वर्षीय मोटरसाइकल चालक लोकेन्द्र धामी रहेका छन् । घाइते धामीको दुवै खुट्टामा चोट लागेको छ । उनको जिल्ला अस्पताल डोटीमा उपचार भइरहेको र थप उपचारको लागि धनगढी रिफर गर्ने तयारी भइरहेको प्रहरीले बताएको छ ।

Shaileshwori
Loading...