क्यान्सर पीडित बालिका मिश्रको उपचारमा समस्या, परिवारद्वारा आर्थिक सहयोगको अपिल

किरण धामी, डोटी

डोटीको बोगटान फुड्सिल गाउँपालिका वडा नम्बर ७  खत्याडीकी १३ वर्षीया बालिका क्यान्सर पीडित पूजा मिश्रको उपचारमा समस्या भएको छ । उनको उपचारको लागि १४  देखी १५ लाख खर्च लाग्ने भएपछि समस्या भएको बुवा रमेश मिश्रले बताएका छन् । अहिलेसम्म ७/८ लाख खर्च भइसकेको बुवा रमेशले जानकारी दिएका छन् ।

मिश्रको पाखुराको हड्डीमा क्यान्सर भएको छ । उनको हाल बिपी कोइराला क्यान्सर रोग अस्पताल चितवनमा उपचार भइरहेको छ । यो भन्दा पहिला उनलाई भारतको बरेलीमा लगिएको थियो । त्यहाँ उनमा क्यान्सर देखिएपछि बिपी कोइराला क्यान्सर रोग अस्पताल चितवन लगिएको हो ।

Sayalb

बुवा रमेशले छोरीको उपचारका लागि आर्थिक  सहयोगको अपिल गरेका छन् । उनको उपचारमा आफूसँग भएको रुपैयाँ खर्च भइसकेकाले समस्या परेको भन्दै बुवा रमेशले विभिन्न सङ्घसंस्था तथा व्यक्तिलाई आर्थिक सहयोग गरिदिन अनुरोध गरेका छन् । सहयोग गर्न चाहनेले रमेश प्रसाद मिश्रको ग्लोबल आइएमइ बैङ्कको खाता नम्बर १३३०८०१०००००१६ मा रकम जम्मा गरिदिन वा  मोबाइल नम्बर ९८४८४७४२४३ मा फोन गर्न सक्नेछन् ।

त्यस्तै पूजाको उपचारका लागि भन्दै डोटीको बोगटान फुड्सिल गाउँपालिका वडा नम्बर ७  ओजेली घर भई कामको लागि भारतको गोवामा रहेका महेन्द्र धामीले आर्थिक सङ्कलन अभियानको सुरुवात गरेका छन् । अहिले सम्म ४० हजार ५ सय ७३ रुपैयाँ ६ पैसा नेपाली रुपैयाँ सङ्कलन भएको धामीले जानकारी दिएका छन् । धामीले आफ्ना शुभचिन्तक सहित सबैलाई अभियानमा जोडिन सामाजिक सञ्जाल फेसबुकमार्फत आग्रह  गरेका छन् ।

Shaileshwori
Loading...