बडिकेदार गाउँपालिकामा आइतबार सार्वजनिक बिदा

डोटी  : बडिकेदार गाउँपालिकाले आइतबार सार्वजनिक बिदा दिएको छ । गाउँपालिकाले सुदूरपश्चिम प्रदेशको प्रसिद्ध धार्मिक तथा पर्यटकिय स्थल बडिकेदारमा मेला लाग्ने भएकाले कार्तिक २० गते आइतबार एक दिन सार्वजनिक बिदा दिएको हो ।

शुक्रवार गाउँपालिकाले एक सूचना जारी गर्दै पालिका भित्रका सम्पूर्ण सरकारी कार्यालयहरू, गैर सरकारी सङ्घसंस्थाहरू, वित्तीय सङ्घसंस्था तथा विद्यालयहरूमा बिदा दिने जनाएको छ । जिल्लाको बोगटान फुड्सिल गाउँपालिका र बडिकेदार गाउँपालिकाको सीमा क्षेत्रमा रहेको बडिकेदारमा कार्तिक शुक्ल त्रयोदशीको राति र शिव वैकुण्ठ चतुर्दशीको दिन दिउँसो मेला लाग्ने गर्दछ ।

Sayalb

यो वर्ष २० गते राति र २१ गते दिउँसो मेला लाग्ने भएको छ । मेला भर्न सुदूरपश्चिम सहित भारतबाट समेत दर्शनार्थी आउने गर्दछन् ।

Shaileshwori
Loading...