जिल्ला अस्पताल डोटीमा एपेन्डिसाइटिसको सफल शल्यक्रिया

प्रदेशकै उत्कृष्ट तेस्रो अस्पताल

किरण धामी, डोटी

जिल्ला अस्पताल डोटीमा एपेन्डिसाइटिसको सफल शल्यक्रिया भएको छ । मङ्गलवार जिल्लाको पुर्विचौकी गाउँपालिकाकी ३३ वर्षिया महिलाको फुटेको एपेन्डिसाइटिसको सफल शल्यक्रिया गरिएको हो । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर नीराजन श्रेष्ठ नेतृत्वको टोलीले एपेन्डिसाइटिसको सफल शल्यक्रिया गरेको डाक्टर प्रकाश ठकुल्लाले जानकारी दिएका छन् । महिलाको समयमै शल्यक्रिया नगरिएको भए ज्यान नै खतरामा थियो ।

एपेन्डिसाइटिस एक गम्भीर रोग भएकोले समयमै उपचार नपाए मानिसको ज्यान पनि लिन सक्छ ।  विशेषज्ञका अनुसार यो रोगको लक्षण देखिने बित्तिकै शल्यक्रिया गर्नुपर्ने हुन्छ । एपेन्डिक्समा सङ्क्रमण भएपछि यो रोग लाग्ने गर्छ । एपेन्डिसाइटिस हुँदा व्यक्तिको पेट पटक–पटक दुखिरहन्छ । एपेन्डिसाइटिस हुने व्यक्तिमा भोक कम लाग्ने, वाकवाकी लाग्ने, पेट दुखिरहने र अनुहार रातो देखिने समस्या आउँछ । एपेन्डिसाइटिसको लक्षण थाहा भएमा छिटो शल्यक्रियाको आवश्यकता पर्छ । पेटको दुखाई सहनै नसक्ने लामो समयसम्म दुखिरहेमा एपेन्डिक्स फुट्ने सम्भावना हुने भएकोले छिट्टै शल्यक्रिया गर्नुपर्ने चिकित्सक बताउँछन्  ।

Sayalb

जिल्ला अस्पताल डोटीमा पछिल्लो समय सेवाप्रवाह पनि प्रभावकारी हुँदै गएको छ । हाल अस्पतालमा तिन जना विशेषज्ञ डाक्टर रहेका छन् । बाल रोग विशेषज्ञ डाक्टर ललित सुरी, इन्टरनल मेडिसिन जुनु लावती र एमडीजिपी मेसु डाक्टर नीराजन श्रेष्ठ सहितका डाक्टरले सेवा प्रवाह गरिरहेका छन् ।

प्रदेशकै उत्कृष्ट तेस्रो अस्पताल 

जिल्ला अस्पताल डोटी सुदूरपश्चिम प्रदेशको उत्कृष्ट अस्पतालमा तेस्रो भएको छ । अस्पतालले प्रदान गर्ने समग्र सेवाहरूमा जिल्ला अस्पताल प्रदेशको उत्कृष्ट तेस्रो भएको अस्पतालका डाक्टर प्रकाश ठकुल्लाले बताए ।

Shaileshwori
Loading...