

डोटी : निर्वाचनमा साथ दिने दलहरुलाई निर्वाचित भएपनि साथमै रहेर बिकास गर्नु प्रमुख दायित्व रहेको प्रदेश सभा ‘ख’का उम्मेदवार शिब सिं ओलीले बताएका छन् । गठबन्धन दलहरु भित्र रहेका नेपाली कांग्रेस एकिकृत समाजवादी, राष्ट्रिय जनमोर्चा लगाएतका दलका नेता तथा कार्यकर्ताले माग गरेका बिकास योजनालाई पुरा गर्नु मेरो प्रमुख दायित्व रहेको ओलीले बताएका हुन ।
बोगटान फुड्सिल गाउँपालिका–६ गगुडामा आयोजित चुनाबी आमसभालाई सम्बोदन गर्दै ओलीले उक्त कुरा बताएका हुन । बिगतमा एमालेसंग सहकार्यगरी निर्वाचन जितेको हुँदा एमालेले माग गरेका मूख्य योजनाहरु पुरा गरेको स्मरण गर्दै ओलीले भने ‘ ०७४को निर्वाचनमा एमालेको साथ थियो एमालेका लागी पनि काम गर्यौै आज गठबन्धन दलहरुको साथ छ तपाईहरुसंगै सहकार्यगरी डोटीका अल्पकालिन तथा दिर्घकालिन बिकासका योजना अघी बढाउँछौँ यसमा बिश्वस्त रहन म सबैसंग अपिल गर्दछु ।’ गठबन्धन दलको काम गर्नु राजनैतिक जिम्मेवारी रहेको हुँदा मैले यस्मा कुनै किसमको कसर बाँकी नराख्ने ओलीले बताए ।
