जिल्ला प्रशासन कार्यालय डोटीले एक हप्ता सेवा स्थगित गर्ने 

डोटी : जिल्ला प्रशासन कार्यालय डोटीले अत्यावश्यक बाहेकका सेवाहरू स्थगित गरेको छ । मङ्सिर ४ गते सम्पन्न हुने प्रतिनिधि तथा प्रदेश सभा सदस्यको निर्वाचनलाई लक्षित गर्दै प्रशासनले कार्यालयबाट हुने सेवा एक हप्ता सम्मका लागि स्थगित गरेको छ ।
Sayalb
सोमबार प्रशासनले एक सूचना प्रकाशित गर्दै कार्तिक २९ गतेदेखि मङ्सिर ५ गतेसम्मका लागि अत्यावश्यक बाहेकका सबै सेवाहरू स्थगित गर्ने जनाएको छ । प्रशासनका प्रशासकीय अधिकृत दिपा जोशीका अनुसार कार्यालयमा कार्यरत कर्मचारी मतदान केन्द्रमा खटिई जानु पर्ने भएकाले सेवा स्थगित गरिएको हो ।
Shaileshwori
Loading...