हलियाका समस्या समाधान गर्न पहल गर्ने डोटीका उम्मेदवारहरूको प्रतिबद्धता 

डोटी : मङ्सिर ४ गते हुन गइरहेको प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यको चुनावमा डोटीका समानुपातिक उम्मेदवारले हलियाका मुद्दालाई प्राथमिकता दिने प्रतिबद्धता जनाएका छन् । बुधवार एक्सन एडको सहयोगमा सम विकास केन्द्र नेपाल र राष्ट्रिय मुक्त हलिया समाज नेपाल डोटीले आयोजना गरेको एक कार्यक्रममा उम्मेदवारले ७ बुँदे प्रतिबद्धता जनाएका हुन् ।  प्रतिनिधि सभा सदस्य समानुपातिक उम्मेदवार प्रषिस महरा, प्रदेश सभा समानुपातिक उम्मेदवार गीता नेपाली, दीर्घ राज बोगटी, कुमार टेलर र सीता रायमाझीले सात बुँदे प्रतिबद्धता पत्रमा हस्ताक्षर गर्नुभएको छ ।
सरकारले हलिया मुक्ति घोषणा गरेको १४ वर्ष भए पनि कयौँ हलिया पुनर्स्थापनाको पर्खाइमा रहेको र उनीहरूका अन्य समस्यालाई पनि समाधान गर्ने किसिमका ऐन, कानुन निर्माण गर्न पहल गर्ने उहाँहरूको भनाइ छ ।  मुक्त हलिया सम्बन्धी सबै तहको कामको अनुगमन, सहजीकरण, समन्वय र सुनिश्चित कार्यान्वयनको लागि सङ्घीय तहमा एउटा शक्ति सम्पन्न आयोग निर्माण गर्ने, यसमा हलिया प्रतिनिधि सरोकारवाला र मन्त्रालयको प्रतिनिधि गराउने उहाँहरूको पहिलो प्रतिबद्धता छ ।
Sayalb
त्यस्तै छूट मुक्त हलियाको सङ्ख्या र भौगोलिक विस्तार निकै धेरै देखिएकाले सामाजिक न्यायको हिसाबले एक पटकका लागि नाम दर्ता प्रमाणीकरण र परिचय पत्र प्रदान गर्नका लागि निश्चित समयावधि तोकेर पुनः अवसर दिने, मुक्त हालियाको वर्गीकरण गर्दा साहुको जमिनमा वा ऐलानी जमिनमा कटेरो भएको हलिया परिवारलाई घर भएको ठहर नगर्ने, जमिनबाट बढीमा केवल ३ महिना सम्म मात्र खान पुग्ने परिवारलाई जमिन भएको ठहर नगर्ने नीति लिने बताइएको छ ।   रोजगारीका लागि कृषिमा नै संलग्न हुन चाहने हलिया परिवारलाई कृषियोग्य जमिन दिन पहल गर्ने अन्यलाई दक्षता र क्षमताका आधारमा रोजगारको व्यवस्था हुनुपर्ने लगायतका प्रतिबद्धता उहाँहरूले जनाउनुभएको छ ।
 
Shaileshwori
Loading...