
डोटी : डोटीमा प्रतिनिधि सभा सदस्य गठबन्धनका साझा उम्मेदवार प्रेम बहादुर आले मरले अग्रता कायमै राख्नु भएको छ । एक मात्र निर्वाचन क्षेत्र रहेको डोटीमा अहिलेसम्म जम्मा १४ हजार ६८ मतगणना भएको छ । एकीकृत समाजवादीका नेता आलेले ७ हजार ७ सय ६२ मत प्राप्त गर्नुभएको छ ।

एमालेका उम्मेदवार गौरी ओलीले ४ हजार ६ सय ३६ मत प्राप्त गर्नुभएको छ । आले र ओली बिचको मतान्तर ३ हजार १ सय ३६ रहेको छ । स्वतन्त्र उम्मेदवार नरेन्द्र खड्काले ६ सय ३ मत प्राप्त गरेका छन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार अङ्क बहादुर खड्काले १८५, राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार केशव बलायरले ६८ र स्वतन्त्र उम्मेदवार राजप्रासाद जोशीले १६ मत प्राप्त गर्नुभएको छ । यहाँ ८९८ मत बदर भएको छ । यहाँ हिजो साँझ साढे ६ बजेबाट वडागत रूपमा मतगणना भइरहेको छ ।
