डोटी प्रदेश सभा `ख´ मा माओवादी उम्मेदवार ओली विजयी

Sayalb

सिलगढी : डोटी जिल्ला प्रदेश सभा ख मा माओवादी केन्द्रका नेता शिव सिंह ओली विजयी भएका छन् । लोकतान्त्रिक बाम गठबन्धनका साझा उम्मेदवार समेत रहेका माओवादी डोटी जिल्ला ईन्चार्ज ओली एमाले उम्मेदवार टेक बमलाई ९१९ मतले पछि पार्दै विजयी भएका हुन् । विजयी ओलीले १४०४७ मत प्राप्त भएका गर्नुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी बमले १३१२८ मत पाउनुभएको मुख्य निर्वाचन अधिकृत शिवलाल पाण्डेले बताउनुभयो  । यहाँ तीन जना उम्मेदवार बिच प्रतिस्पर्धा भएको थियो । अर्का उम्मेदवार राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार मोहन बमले १ हजार ३ सय २७ मत प्राप्त गर्नुभएको छ । यहाँ ३० हजार २३४ मत खसेको थियो । १ हजार ३२ मत बदर भएको छ ।

Shaileshwori
Loading...