जिल्ला अस्पतालमा फेरी सुरू भयाे एपेन्डिसाइटिसकाे शल्यक्रिया

Sayalb

 डाेटी : दुइ बर्षदेखि राेकिएकाे एपेन्डिसाइटिसकाे शल्यक्रिया जिल्ला अस्पताल डाेटीले फेरी सुरू गरेकाे छ । अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा.निराजन श्रेष्ठका अनुसार आइतवार नेपाली सेनाका एक जवानकाे एपेन्डिसाइटिसकाे शल्यक्रिया भएकाे छ । नेपाल प्रहरीका विषेशज्ञ चिकित्सक (सर्जन) डा. निसेफ अधिकारी र एमडीजीपी डा. श्रेष्ठकाे नेतृत्वमा उक्त शल्यक्रिया भएकाे हाे ।
जिल्ला अस्पतालमा कार्यरत डा. प्रमाेद भट्टकाे सरूवा भएपछि उक्त सेवा राेकिएकाे थियाे । यस बर्ष याे समेत गरी दुइ शल्यक्रिया भएकाे डा. श्रेष्ठले वताए ।

Shaileshwori
Loading...