
डोटी : समान पहुँच विकास केन्द्र (सिड) नेपाल डोटीले बोगटान फुड्सिल गाउँपालिकाका १० जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको छ । बालबालिका उत्थानशील परियोजना अन्तर्गत गाउँपालिकाको वडा नम्बर २ का जोखिममा रहेका बालबालिकालाई सामग्री वितरण गरिएको हो ।

यूएमएन डोटीको सहयोगमा केदारअखडा माद्यामिक विद्यालयमा अध्ययनरत १० जना विद्यार्थीलाई तीन लाख बराबरको शैक्षिक सामग्री वितरण गरिएको सिड नेपालका फिल्ड सहजकर्ता अनिल बमले जानकारी दिनुभयो । वितरण गरिएको सामग्रीमा स्कुल ब्याग, पेन्सिल बक्स, डट्बीन, कपी, टिफिन बक्स, पानी खाने बोतल र ज्यामिति बक्स लगायतका छन् ।
