ब्लड क्यान्सर पीडित बालकको उपचारमा समस्या, सहयोगका लागि परिवारको अपिल

डोटी : डोटीका ११ वर्षीय बालकको उपचारमा समस्या भएपछि परिवारले सहयोग लागि अपिल गरेको छ । बोगटान फुड्सिल गाउँपालिका वडा नम्बर ६ का खडक बमका ११ वर्षीय छोरा दीर्घ बमको आर्थिक अभावका कारण उपचारमा समस्या भएको भन्दै परिवारले सहयोगको लागि अपिल गरेको हो । ब्लड क्यान्सरबाट पीडित बालक बमको भारतको डिएमसिएच अस्पतालमा उपचार भइरहेको छ ।
घरको आर्थिक अवस्था कमजोर भएका कारण छोराको उपचारमा समस्या भएको बुवा खडकले बताउनुभएको छ । उहाँले छोराको उपचारका लागि आर्थिक सहयोग गरिदिन अपिल गर्नुभएको छ । मनकारी व्यक्ति तथा संघसस्थालाई सके जति आर्थिक सहयोग गरेर छोराको ज्यान जोगाइदिन उहाँले अनुरोध गर्नुभयो ।
उहाँलाई सहयोग गर्न चाहनेले मोबाइल नम्बर ९८६८५८६९४२ वा भारतमा हुनेले ९८८८२८२०८७ मा सम्पर्क गर्न सक्नेछन् । त्यस्तै ग्लोबल आइएमइ बैङ्कमा भक्त बहादुर बमको नाममा रहेको खाता नम्बर २४०७०१०००९९६७ खातामा रुपैयाँ जम्मा गर्न सक्नेछन् ।
Sayalb
Shaileshwori
Loading...