

दिपायल सिलगढी नगरपालिका–६ सिलगढीमा रहेको बसपार्कमा गाडी पार्किङ गराउनु पर्ने माग राख्दै संघर्ष समिति गठन गरिएको छ । बसपार्कलाई अलपत्र पारेर गाडीहरु सडकमै पार्किङ गर्ने गरेको भन्दै सरोकारवालाहरुले दवाब सृजना गर्नका लागी बुधबार बसेको बैठकले नबिन श्रेष्ठको संयोजकत्वमा संघर्ष समिति गठन गरिएको स्थानीय बिक्रम केसीले जानकारी दिनु भएको छ ।
बसपार्कलाई अलपत्र पारेर गाडीहरु सडकमा पार्किङ गर्दा दुर्घटनाको जोखिन हुनुका साथै शहरको सोभा पनि नहुने भएका कारण पनि बसपार्कमा पार्किङ गर्नु पर्ने संघर्ष समितिको माग गरेको छ ।
थप दबाब सृजना गर्नका लागी बिहिबार(भोली) बैठकका लागी सिलगढी स्थित मल्लो राधाकृष्ण मन्दिरमा बिहान ७ बजेका लागी बैठकको आब्हान गरिएको छ ।

