

शिखर नगरपालिका–१० की जगु देबि बिकलाई परिचय दिन साह्रै सकस पर्थो । उभिएर आफ्नो परिचय दिने पालो कहिल्यै नआवस भनि कामना गर्ने जगुले समुहमा बसेपछी परिचय नदिई खुसै भएन । जगु स्मरण गर्दै भन्छिन् ‘सुरु–सुरुमा कहिलै नामै भूल्ने, कहिले ठेगाना कहिले समुहकै नाम बृर्सिने हुन्थ्यो बिस्तारै बानी पर्यो अब परिचय मात्रै होईन आफ्नो कुरा पनि राख्न सक्छु ।’ जगुकै कुरालाई समर्थन गर्दै आफ्नो पनि उस्तै समस्याबारे सुनाली बिक भन्छिन् ‘दलित महिला कै मात्र हाम्रो समुह छ जहाँ हाम्रा सुख दुःखका कुरा हुन्छन् बिभिन्न बिषयमा छलफल हुन्छ, दिदीबहिनीका बिचमा कुरा गर्ने कुरा भन्ने बानिको बिस्तारै बिकास भएपछि हामी आचकाल निर्धक्कका साथ आफ्नो परिचय दिन्छौँ परिचय दिन कुनै समस्या छैन् ।’

सफलता महिला समुह गठनगरी बचत सुरुवात गरेका उनिहरुले बचत मात्रै गर्दैनन् समाजमा बिद्यमान रहेका हानिकारक प्रथा परम्परा बारेमा छलफल समेत गर्छन् । बाल बिवाह, बहुबिवाह, घरेलु हिंसा, जलबायु परिर्बतन तथा समाजमा आएका समस्या तथा समाधानका बारेमा समेत महिलाहरु महिनामा एक पटक भेला भएर छलफल गर्ने गरेको सफला महिला समुहका अध्यक्ष ऋतु कडारेले बताईन् । ऋतुले भनिन् ‘हामी महिला दिदिबहिनीहरु छलफल चौतारीमा आएर आफ्ना समस्याका बारेमा छलफल गछौँ । समाधानका लागी आवश्यक पहल समेत गर्ने गरेका छौँ ।’
दलित महिलाका सामुहिक योजनाहरु वडा तथा नगरपालिकामा माग गर्ने र सम्बोधनका लागी स्थानीय जनप्रतिनिधीहरुलाई दवाब समेत दिन थालेका छन् । सबैले एक ठाउँमा उभिएर कुनै पनि योजना कार्यक्रमको माग गर्दा चाँडो सम्बोधन हुने उनिहरुको बिश्वास छ । समुहकी समस्य बसन्ती बिकले भनिन् ‘हामी दिदीबहिनी एक भएर योजना माग्दा जनप्रतिनिधीले दिनै पर्ने बाध्यता हुन्छ, यस पटक ढिला भयो अर्को पटक तपाईको माग सम्बोधन गर्ने वडाबाट आसवासन पाएका छौँ, हेरौँ हाम्रो माग उहाँहरुले सम्बोधन गर्नु हुन्छ होला ।’
सम बिकास केन्द्र नेपाल डोटी मार्फत सञ्चालन भएको पहुँच परियोजना अन्तरगत गठन भएका बिभिन्न महिला समुहले ‘छलफल चौतारी’ मा आएर समस्या बारे छलफल गर्ने गरेका छन् । महिलाहरुले आफ्नो रकम बचत गरी आकस्मीक कोष तयार गरि परिचालन गरेको पहुँच परियोजनाका कार्यक्रम संयोजक टेकबहादुर नेपालीले बताए । नेपालीले भने ‘समुह भित्रका महिलाहरुलाई समस्या पर्दा सापटी दिएर काम चलाउने गरेका छन् समुहले सकरात्मक प्रभाब पारेको छ ।’
