सुदूर पश्चिमेली नेपाली समाज–भारतद्वारा न्यानो कपडा वितरण 

डोटी : सुदूर पश्चिमेली नेपाली समाज–भारत समितिले डोटीको पुर्विचौकी गाउँपालिकाका भूकम्प प्रभावितहरूका लागि न्यानो कपडा हस्तान्तरण गरेको छ । बुधवार सुदूर पश्चिमेली नेपाली समाज–भारत समितिले सङ्कलन गरेर पठाएको रु ५३ हजार ६ सय ५० मूल्य बराबरका न्यानो लुगा नेपाल चेम्बर अफ कमर्स सुदूरपश्चिम प्रदेश सदस्य तेज डुम्रेलले हस्तान्तरण गर्नुभएको हो ।
Sayalb
भूकम्प प्रभावितका लागि भनेर १६ थान कम्बल, १६ थान डस्ना र १६ न्यानो सल गाउँपालिका उपाध्यक्ष पशुपति खड्कालाई हस्तान्तरण गरेको डुम्रेलले बताउनुभयो । सहयोग हस्तान्तरण कार्यक्रममा उपाध्यक्ष पशुपति खड्का,  वडा नम्बर ५ का वडा अध्यक्ष लगायतको उपस्थिति रहेको थियो ।
दुःख पिडामा रहेकाहरूलाई सहयोग गर्ने तथा समाजसेवा गर्ने उद्देश्यले स्थापना भएको सुदूर पश्चिमेली नेपाली नेपाली समाज–भारतले विभिन्न परिस्थितिमा राहत सङ्कलन गरी नेपाल पठाएर वितरण गर्दै आएको छ । यस अघि सायल गाउँपालिका र आदर्श गाउँपालिका बाढीपीडितहरूलाई पनि सहयोग गरेको केन्द्रीय संरक्षक दीपक प्रकाश मल्लले बताउनु भएको छ।
Shaileshwori
Loading...