
मोहन ठकुल्ला, डोटी
पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय राजपुर डोटीमा तालाबन्दी गरिएको छ । आइतबार नेपाल कम्युनिस्ट पार्टी (नेकपा) डोटीले विभिन्न कारण देखाउँदै तालाबन्दी गरेको हो । जनताले कार्यालयबाट पाउने सेवा सुविधा प्रति गम्भीर ध्यानाकर्षण गर्दै कर्मचारीहरूले मनोमानी गरेको भन्दै पार्टीले कार्यालयमा तालाबन्दी गरेको जिल्ला सचिव मोहन कठायतले बताए ।
महिनौँसम्म कार्यालयमा कर्मचारी उपस्थित नहुने, कमिसनको भरमा अनुदान वितरण गर्ने, जनताहरूका जनगुनासाको बेवास्ता गर्ने, सोधपुछ गर्दा उल्टै अन्दाज गर्ने, सूचनाको हकलाई रोक लगाएको भन्दै विरोध स्वरूप कार्यालयमा ताला लगाइएको नेकपाले जनाएको छ । १०/१५ दिन कार्यालयमा जाँदा कर्मचारी नभेटेपछि कार्यालयमा तालाबन्दी गरेको जिल्ला पार्टी सदस्य प्रकाश कठायतले बताए ।


