अछामका एक जना शिक्षक ५ दिन देखि बेपत्ता

अछाम : अछामको एक विद्यालयका प्रधानाध्यापक पाँच दिनदेखि बेपत्ता हुनुभएको छ । मंगलसेन नगरपालिका वडा नम्बर १३ बस्तीका ३५ वर्षिय जगत बहादुर साउँद बेपत्ता भएका हुनुभएको हो । सोही ठाउँमा रहेको शिव आधारभूत विद्यालयका प्रधानाध्यापक साउँद माघ २ गते बेलुकी ६ बजेतिर घरबाट निस्केका र त्यसपछि घर नफर्केका उहाँका भाई आनन्द साउँदले बताउनुभयो ।

Sayalb

५ दिन भैसक्दा समेत घर नफर्केका र सम्भावित सबै ठाउँमा खोजि गर्दा समेत फेला पार्न नसकिएको उहाँले बताउनुभयो । उहाँ फेला परेमा ९८६८५६०६६३ अथवा नजिकैको प्रहरी कार्यालयमा खबर गरिदिन साउँदले अनुरोध गर्नुभएको छ ।

Shaileshwori
Loading...