
माओवादी समर्थक युवा जनताका बिचमा आज आबश्यक रहेको योङ्ग कम्युनिष्ट लिग (वाइसिएल)नेपालका केन्द्रीय उपाध्यक्ष मिनबहादुर घर्तिमगर ‘बिश्व’ले बताएका छन् । योङ्ग कम्युनिष्ट लिग (वाइसिएल) डोटीको बिस्तारित बैठकमा बोल्दै बिश्वले उक्त कुरा बताएका हुन ।
माओवादी सरकार र सत्तामा पुग्दा जनताका बिचको सम्बन्ध टुटने क्रम देखिएका कारण जनताका बिचमा अब वाईसिएलले जानु पर्ने बताएका हुन् । शहिद, बेपत्ता, सहयोद्धा र आम समर्थक शुभचिन्तकको सुख्ख दुःखमा साथमै हुनेगरी काम गर्न आबश्यक रहेको उनले बताए ।

युवा शक्ती एक भएर जनजिबिकाका र युवाका सवाललाई उठाउनु वाईसिएलको अहिलेको कार्यभार भएको वाईसिएलको केन्द्रीय सचिब नबराज ऐरले बताए । ऐरलेभने ‘नेताका वरिपरी होईन जनताका बिचमा जानु होस, उहाँहरुलाई सहयोग गर्नु होस हाम्रो संगठनको मुल कार्यभार जनताको सेवा गर्नु हो ।’

योङ्ग कम्युनिष्ट लिग (वाइसिएल) र पार्टीका नेताहरुको उपस्थितीमा बिस्तारित बैठक सम्पन्न भएको थियो । योङ्ग कम्युनिष्ट लिग (वाइसिएल) डोटीको बिस्तारित बैठकले डोटी ९ पालिकामा बिस्तारित बैठकका लागी संयोजन गर्नका लागी जिम्मेवारी तोकिएको छ ।
दिपायल सिलगढी नगरपालिका : गणेश साउँद
शिखर नगरपालिका : बिशाल ब्रराल, माधब महरा, योगेन्द्र नाथ
केआईसिंह गाउँपालिका : बिकास भट्ट, बिनोद जोशी, चक्र बम
बोगटान फुड्सिल गाउँपालिका : प्रकाश बि, तुलसी बोहरा
बडीकेदार गाउँपालिका : उदय बि.क, किरण लामा
जोरायल गाउँपालिका : दिपिका वली, राम बिक
सायल गाउँपालिका : प्रेम साउँद
आदर्श गाउँपालिका : कर्ण बाग
पर्बिचौकी गाउँपालिका : टंक नेपाली

