
मोहन ठकुल्ला, डोटी
डोटीमा एकल महिला, पूर्ण अपाङ्ग तथा अति अशक्त अपाङ्गहरूलाई सम्मान गरिएको छ । दिपायल सिलगढी नगरपालिका वडा नम्बर ६ ले वडा भित्रका एकल महिला, पूर्ण अपाङ्ग तथा अशक्तलाई एक कार्यक्रमको आयोजना गरी सम्मान सँगै कम्बल वितरण गरेको छ ।

आर्थिक वर्ष २०७९/८० को स्वीकृति कार्यक्रम अन्तर्गत ८१ जना एकल महिला, पूर्ण अपाङ्ग तथा अति अशक्त अपाङ्गहरूलाई सम्मान स्वरूप कम्बल वितरण गरेको वडा अध्यक्ष नरेश मलासीले बताउनुभयो । उनीहरूको भावना र आवश्यकता पहिचान गरी यस्तो कार्यक्रम गरेको वडाको दाबी छ ।
उनीहरूको क्षमता विकास गर्ने उद्देश्यले कार्यक्रम गरेको वडा अध्यक्ष मलासीले बताउनुभयो । समाजमा पिछडिएका वर्गहरूका गुनासा सुनेर समस्याको पहिचान गरी समाधान गर्ने र उनीहरूलाई सिपमूलक तालिमको व्यवस्था गर्ने अध्यक्ष मलासीको भनाइ छ ।
