
गणेश मौनी, डोटी
नेपाल जेसिज डोटी शाखाको वर्ष २०२३ को अध्यक्षमा हिक्मत बहादुर साउद चयन भएका छन् । आईतवार दिपायलमा भएको दशौं जिल्ला शाखा अधिवेशन तथा पद हस्तान्तरण कार्यक्रमबाट अध्यक्षमा साउद चयन भएका हुन् । अन्य पदाधीकारीहरु पनि सर्बसम्मत रुपमा चयन भएका छन् ।

कार्यकारी उपाध्यक्षमा डिल्लीराज जोशी र हरी भण्डारी, महा सचिवमा किरण बिष्ट, कोषाध्यक्षमा रोशन कठायत, उपाध्यक्षमा नन्दन सिह कार्कि, केशब धामी, भरत कठायत चयन भएका छन भने कानुनी सल्लाहाकारमा प्रबिण उपाध्याय चयन भएको नेपाल जेसिज डोटी शाखाले जानकारी दिएको छ । नेपाल जेसिज डोटी शाखा वर्ष २०१३ स्थापना भएको थियो । पदाधीकारीको कार्यकाल एक वर्षको रहने गर्दछ ।
