चवराचौताराद्वारा ज्येष्ठ नागरिकलाई सम्मान 

सिलगढी : डोटीको बोगटान फुड्सिल गाउँपालिका वडा नम्बर ७ चवराचौताराले ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिलाई सम्मान गरेको छ । बुधवार एक कार्यक्रमको आयोजना गरी सम्मान स्वरूप बलाङ्केट वितरण गरेर सम्मान गरिएको वडा अध्यक्ष चन्द्रमान सुनारले जानकारी दिनुभयो ।
Sayalb
अध्यक्ष सुनारका अनुसार वडाका ९० जना ज्येष्ठ नागरिक तथा ३५ जना `ग´ र `घ´ वर्गका अपाङ्गता भएका व्यक्ति गरेर एक सय २५ जनालाई सम्मान तथा बालाङ्केट वितरण गरिएको हो । स्थानीय सरकार भएको अनुभूति गराउन र सरकारको दायित्व पूरा गर्न उहाँहरूलाई सम्मान गरिएको वडा अध्यक्ष सुनारले बताउनुभयो
Shaileshwori
Loading...