योजना तर्जुमा प्रक्रिया बारे अभिमुखीकरण 

गणेश मौनी 
माघ २५, डोटी
Sayalb
डोटीको पुर्विचौकी गाउँपालिकामा पालिका स्तरीय बाल क्लब सञ्जाल गठन तथा बालबालिकाहरूलाई स्थानीय योजना तर्जुमा प्रक्रिया बारे दुई दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । वल्र्डभिजन इन्टरनेशनल नेपालको सहयोगमा समान पहुँच विकास केन्द्र डोटीले गाउँपालिका सँगको समन्वयमा बाल संरक्षण तथा बाल स्पोन्सरसिप परियोजना अन्तरगत बालबालिकाहरूलाई अभिमुखीकरण गरिएको समान पहुँच विकास केन्द्र डोटीका बाल संरक्षण तथा बाल स्पोन्सरसिप परियोजना संयोजक सुनिल जोशीले बताए ।
मङ्गलवार दुई दिने कार्यक्रमको समापन गर्दै पुर्विचौकी गाउँपालिकाकी उपाध्यक्ष पशुपति खड्काले बालबालिकाहरूले आफूसँग सम्बन्धित विषय बस्तुको बारेमा जानकारी हुन आवश्यक रहेको बताए । उनले भने बालबालिकाहरूले सामूहिक रूपमा बाल क्लब सञ्जाल मार्फत योजना सहित पालिकामा आए सहयोग गर्न सकिने समेत बताइन । पुर्विचौकी गाउँपालिकाका बालबालिकाहरूलाई बाल बालिकाको अधिकार र योजना तर्जुमा प्रक्रियाको बारेमा जानकारी दिएकोले समान पहुँच विकास केन्द्रलाई धन्यवाद समेत दिएकी थिइन् ।
पालिकामा आयोजना गरेको अभिमुखीकरण कार्यक्रममा सबै वडाबाट २७ जना बालबालिकाहरूको सहभागिता रहेको थियो । कार्यक्रमको सहजीकरण पुर्विचौकी गाउँपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख विनोद भट्टले गरेका थिए । कार्यक्रम पालिकामा आयोजना गरिएको थियो ।
Shaileshwori
Loading...