बडीकेदार गाउँपालिकाको १२ औँ गाउँ सभा सम्पन्न

गणेश मौनी 
माघ २९, डोटी
डोटीको बडीकेदार गाउँपालिकाको १२ औँ गाउँ सभा तथा हिउँदे अधिवेशन आइतबार सम्पन्न भएको छ ।
गाउँ सभामा गाउँपालिकाले प्रवाह गरेको सेवाको अवस्था, गुणस्तर र चुनौतीहरूको बारेमा प्रतिवेदन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिलाराज भट्टले प्रस्तुत गरेका थिए ।
Sayalb
गाउँपालिकाले पालिका स्तरीय योजनालाई विशेष प्राथमिकता दिने गाँउसभाका सभाध्यक्ष एवं बडीकेदार गाउँपालिकाका अध्यक्ष भैरव बहादुर साउद बताए ।
गाउँपालिकाको वर्तमान अवस्था, पालिकाको भौतिक प्रगति  र अवसरहरूको बारेमा अध्यक्ष साउँदले प्रतिवेदन समेत प्रस्तुत गरेका थिए ।
गाउँपालिकाबाट आर्थिक वर्ष २०७९।८०का लागि स्वीकृत भएका योजनाहरूलाई कार्यान्वयन गर्न सबैको जिम्मेवारी रहेको गाउँपालिकाकी उपाध्यक्ष डम्मरी विष्ट कलेलले बताइन् । सभामा हिउँदे अधिवेशन बाट संशोधित योजनाहरू उपाध्यक्ष कलेलले प्रस्तुत गरेकी थिइन् । गाउँ सभामा प्रस्तुत गरेको कार्यक्रम तथा बजेटबारे छलफल पछि गाउँ सभाका सदस्यहरूले ताली बजाएर पारित गरेका थिए ।
१२ औ गाउँ सभा तथा हिउँदे अधिवेशनले बडीकेदार गाउँपालिकाको कृर्षि, शिक्षा, स्वास्थ्य पर्यटन, विद्युत, यातायात क्षेत्रलाई विशेष प्राथमिकता दिएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाको सभा हलमा सञ्चालन भएको गाउँ सभामा कार्यपालिकाका सदस्य, कर्मचारी, स्थानीय, बुद्धिजीवी, पत्रकार लगाएको सहभागिता रहको थियो । कार्यक्रमको सञ्चालन बडीकेदार गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख विवेक देउवाले गरेका थिए ।
Shaileshwori
Loading...