कलाकार ओझाको अभिव्यक्तिप्रति विभिन्न सङ्घ संस्थाको आपत्ति, कारबाहीको माग

डोटी : डोटीका विभिन्न सङ्घ संस्थाले कलाकार सौगात ओझालाई कारबाहीको माग गरेका छन् । डोटीको जोरायल गाउँपालिका वडा नम्बर ३ ठुलाढुंगा निवासी राष्ट्रिय कलाकार ओझालाई कारबाहीको माग गर्दै सोमबार संयुक्त विज्ञप्ति जारी गरिएको छ । कलाकार ओझाले माघ २८ गते व्यक्तिगत विवाद लिएर दलित समुदायलाई इङ्गित गरी सामाजिक सञ्जाल मार्फत अपमानजनक अभिव्यक्ति दिएका थीए । उनको दुर्ववहार तथा जातीय छुवाछुतपूर्ण अभिव्यक्ति प्रति ध्यानाकर्षण जनाउँदै विज्ञप्तिमा निकालिएको छ ।

Sayalb

ओझाले सार्वजनिक रूपमा आम दलित समुदायको मानमर्दन तथा मानवअधिकारको विरुद्धमा हुने गरी संविधान तथा आकर्षित कानुनलाई समेत चुनौती दिँदै सामाजिक सञ्जाल मार्फत जातीय छुवाछुत तथा विभेदजन्य प्रहार गरि आम दलित समुदायको सार्वजनिक रूपमा बेइज्जती भएको विज्ञप्तिमा दाबी गरिएको छ । सामाजिक सद्भाव र सहिष्णुता खलबल्याउने, सामाजिक द्वन्द्व निम्त्याउने निज सौगात ओझालाई पक्राउ गरी जातीय छुवाछुत तथा भेदभाव अन्तर्गत फौजदारी अभियोगमा मुद्दा दर्ता गराई कानुन बमोजिम कारबाहीको माग गरिएको छ ।

डोटी स्थित सम विकास केन्द्र नेपाल डोटी, गैर सरकारी संस्था महासङ्घ शाखा डोटी, पत्रकार महासङ्घ डोटी शाखा, मुक्त हलिया समाज डोटी, दलित महिला सङ्घ डोटी, नेपाल राष्ट्रिय दलित समाज कल्याण सङ्घ, राष्ट्रिय दलित नेटवर्क डोटी, पारालिगल कमिटी, आधुनिक सिप विकास केन्द्र नेपाल’ , दलित सेवा सङ्घ डोटी शाखा र काहुराष्ट नेपाल डोटीले संयुक्त विज्ञप्ति निकाल्दै ओझालाई कारबाहीको माग गरेका हुन ।

Shaileshwori
Loading...