
डबल बम
के.आइ.सिंह गाउँपालिका ४ वायलमा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र दिपायलको आयोजनामा योग शिविर तथा जिवनशौली परामर्श कार्यक्रम सुरु भएको छ । सोमवारबाट ४ दिने पालिका स्तरीय वृहत् योग शिविर तथा जिवनशौली परामर्श कार्यक्रम सुरु भएको हो ।

कार्यक्रम विश्व शान्ति महाअभियानका सूत्रदाता योग यात्री विष्णु र जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र दिपायलका योग प्रशिक्षक बलदेव जोशीको प्रशिक्षणमा दिनुहुने छ । कार्यक्रममा योग, आयुर्वेद, खानपान तथा स्वास्थ्य जीवनशैलीको बारेमा र योगले मानव जीवनमा हुने पाइँदाको बारेमा प्रशिक्षण गरिने प्रशिक्षक बलदेव जोशीले बताउनुभयो ।
योग, आयुर्वेद र प्राकृतिक खानपान तथा जीवनशैली आजको आवश्यकता हो ।
