
डोटी : पेसागत महासङ्घ नेपाल डोटीको चौथो जिल्ला अधिवेशन सम्पन्न भएको छ । शनिवार दिपायल सिलगढी नगरपालिकाको सभा हलमा गणेशराज दाहालको अध्यक्षतामा १५ सदस्यीय कमिटी गठन गर्दै अधिवेशन सम्पन्न भएको हो ।

सुदूरपश्चिम प्रदेश सभा सदस्य तथा नेकपा एमाले डोटी जिल्ला अध्यक्ष चक्र मल्लको उपस्थितिमा सम्पन्न भएको अधिवेशनबाट समितिको उपाध्यक्षमा जीवन नेपाली र भागरथी पाली, सचिवमा रामचन्द्र धामी, सह सचिवमा हेमराज जोशी र कोषाध्यक्षमा कमल शर्मा चयन भएका छन् ।
