
मोहन ठकुल्ला, डोटी
डोटीमा पत्रकारहरूका लागि एक दिने निःशुल्क आँखा जाँच शिविर सञ्चालन गरिएको छ । सोमबार नेपाल नेत्र ज्योति सङ्घ र नेपाल पत्रकार महासङ्घ जिल्ला शाखा डोटीको संयुक्त आयोजनामा गेटा आँखा उपचार केन्द्र सिलगढीमा निःशुल्क आँखा जाँच शिविर सञ्चालन गरिएको हो । नेपाल पत्रकार महासङ्घको ६८ ओैं स्थापना दिवस र नेपाल नेत्र ज्योति सङ्घको ४५ ओैं स्थापना दिवसको अवसरमा नेपाल पत्रकार महासङ्घ सुदूरपश्चिम प्रदेश समितिको समन्वय र गेटा आँखा अस्पताल गेटा कैलालीको व्यवस्थापनमा शिविर सञ्चालन गरिएको पत्रकार महासङ्घ डोटीका अध्यक्ष मोहन शाहीले बताए ।

नेत्र मानिसको महत्त्वपूर्ण अङ्ग भएकाले दुर्गम क्षेत्रका व्यक्तिहरूका लागि पनि शिविर सञ्चालन गर्न जिल्ला समन्वय समिति डोटीका प्रमुख तथा कार्यक्रमका अध्यक्ष लक्ष्मण बहादुर सिंहले बताउनु भयो । जिल्लामा रहेका पत्रकारहरूको पेसागत मर्यादालाई कसरी व्यवस्थित बनाउन सकिन्छ भनेर शिविर सञ्चालन गरेको नेपाल पत्रकार महासङ्घ जिल्ला अध्यक्ष मोहन शाहीले बताउनु भयो । शिविर सुदरपश्चिका ९ वटै जिल्लामा सञ्चालन भैरहेको छ ।
