डोटीको पटकानी गाउँमा पसेको चितुवा नियन्त्रणमा

डोटीको सायल गाउँपालिका वडा नम्बर ५ पटकानी टोलमा पसेको चितुवालाई नियन्त्रणमा  लिइएको छ । जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार मङ्गलवार गाउँमा पसेको चितुवालाई प्रहरी र स्थानीयले ५ घण्टापछि नियन्त्रणमा लिएका हुन् ।
Sayalb
गाउँ पसेको चितुवा स्थानीय देव बहादुर बोगटीको घरमा भित्र पसेको थियो । स्थानीयहरूले होहल्ला गर्दा घरबाट निस्किए पनि चितुवा गाउँबाट निस्किएन । पछि प्रहरी र स्थानीयले चितुवालाई जालीभित्र थुनेका छन् ।
अहिले डिभिजन वन कार्यालयको टोली पनि चितुवा भएको स्थानमा पुगेको छ । चितुवालाई सुरक्षित ठाउँमा लगेर छाडिने बताइएको छ । चितुवा गाउँ पसेपछि चितुवा हेर्न स्थानीयको भिड लागेको थियो  ।
Shaileshwori
Loading...