अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा डोटीमा श्रमिक महिला सम्मेलन

मोहन ठकुल्ला, डोटी
१३४ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस डोटीमा पनि मनाएको छ । श्रमिक महिलाहरूको जिल्ला सम्मेलनको आयोजना गरी सिलगढीमा दिवस मनाइएको हो । महिला श्रमिकहरूका समस्या, गुनासा, भोगाई र चुनौतीलाई सम्बन्धित निकायसम्म पुर्‍याउनको लागि जनप्रतिनिधि, विभिन्न सङ्घसंस्थाका प्रतिनिधि लयातका सरोकारवालाको सहभागिता सहित जिल्ला सम्मेलन सम्पन्न भएको हो । विभिन्न संघसस्थाको सहयोगमा श्रमिक महिला सञ्जाल डोटीले जिल्ला समन्वय समितिको समन्वयमा “सामाजिक सुरक्षा मर्यादा सम्मान, श्रमको सम्मान राष्ट्रको अभियान“ भन्ने नाराका साथ दिवस मनाएको हो ।
औपचारिक कार्यक्रमको आयोजना गर्नुपुर्व इन्द्रचोक देखि दिपायल सिलगढी नगरपालिकाको सभा हलसम्म ¥याली निकालिएको थियो । जिल्ला सम्मेलनमा श्रमिक महिलाहरूले गुनासा तथा दुखेसो पोखेका छन् । आफूहरू जनप्रतिनिधि र ठेकादारबाट श्रम शोषणमा पर्नु परेको अधिकांश श्रमिक महिलाहरूको भनाइ छ । न्यूनतम ज्याला पाउन सकिने अवस्था अझै नरहेकाले जिल्ला समन्वय समितिले ग्रामीण भेगमा गएर अनुगमन गर्न आवश्यक रहेको सिता पार्कीले बताउनुभयो । यस्तै दिपायल सिलगढी नगरपालिका वडा नम्बर ५ की शारदा भण्डारीले गाउँका धेरै श्रमिकले ४ वर्ष अघि गरेको कामको ज्याला पाउन नसकेको बताउनुभयो । पानी ट्याङ्की निर्माण गर्दा काम गरेका केही श्रमिकले अझै ज्याला नपाएको र ज्याला माग्दा नदिने गरेको उहाँले बताउनुभयो ।
Sayalb
नेपालको संविधानमा पनि उचित पारिश्रमिक, सुविधा तथा योगदानमा आधारित सामाजिक सुरक्षाको हक हुने कुरा उल्लेख गरिएको छ । सोही बमोजिम आफूहरूले अधिकार पाउनुपर्ने कार्यक्रमका सहभागीको माग छ । दिपायल सिलगढी नगरपालिका वडा नम्बर ७ पाकरीकी सिता विष्टले काम  गर्दा आवश्यक पर्ने आधारभूत कुराहरू उपलब्ध गराइदिन आग्रह गर्नुभयो । लामो सघंर्षपछि गाउँमा समान कामको समान ज्याला कायम गराउन सफल भएको भए पनि व्यक्तिगत सुरक्षाको लागि ग्वलब्स, टोपी लगायतका आदर भूत सामग्री नहुँदा समस्या हुने गरेको उहाँले बताउनुभयो । देशमा ऐन कानुन बने पनि श्रमिकहरूले न्यायोचित ढङ्गले काम गर्न नसकेको शिखर नगरपालिकाकी गङ्गा विकले बताउनुभयो । न्यूनतम ज्यालाको बारेमा ज्ञान हुँदा पनि छाक टार्नका लागि कम मूल्यमा काम गर्नुपर्ने बाध्यता  रहेको उहाँले बताउनुभयो । आफूहरूको गरिबीमा ठेकेदारले फाइदा उठाउने गरेको उहाँको दाबी छ ।
जिल्ला सम्मेलनमा पत्रकार तथा मानवअधिकारकर्मी रामहरि ओझाले आधार पत्र प्रस्तुत गर्नुभएको थियो । जिल्लाको समग्र अवस्था र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ऐन कानुनको बारेमा उहाँले कार्यक्रममा जानकारी गराउनुभएको थियो । डोटी जिल्लाको सन्दर्भमा श्रमिकको एउटा प्रमुख समस्याका रूपमा बाहिरी जिल्लाबाट आउने श्रमिक रहेको आधार पत्रमा उल्लेख छ । उनीहरूले न्यूनतम ज्याला भन्दा कम पारिश्रमिक लिएर काम गर्ने गरेका कारण जिल्ला श्रमिक मारमा परेको ओझाको भनाई छ । स्थानीय तहले श्रम सम्बन्धी रोजगार शाखामा ऐन तथा नियम बनाउन आवश्यक रहेको उहाँले बताउनु भयो । कामको आधारमा महिलाहरू कमजोर र पुरुषहरू बलियो हुन्छन् भन्ने सोचले समान कामको समान ज्याला नपाएको सम विकास केन्द्र (इडिसी ) अधिकृत रमा भण्डारीले बताइन् । न्यूनतम ज्यालामा  कर कटौती किसिमका बहाना बनाएर छल्ने गरेको भण्डारी बताउनुभयो ।
जिल्ला समन्वय समिति प्रमुख स्मृति चुनाराले पितृसत्तात्मक सोच भएको समाजमा महिलाहरूले घरायसी चुलो चौकोमा सीमित रहनु परेको र श्रमिक महिला शोषणमा पर्ने गरेको बताउनुभयो । धेरैजसो श्रमिकहरू निर्माण व्यावसायिकबाट ठगिने गरेकाले ठाउँ ठाउँमा सङ्गठन बनाएर यसको विरुद्धमा सङ्घर्ष गर्नुपर्ने उहाँको भनाई छ । कार्यक्रमको समापन गर्दै श्रमिक महिला सञ्जाल डोटीकी अध्यक्ष धनसरा आजीले आवाज नउठाएसम्म श्रमिक महिलाहरू थिचोमिचो परिरहने बताउनुभयो । सुरुमा आफूले ठुलो सङ्घर्ष गर्नुपरेको बताउँदै सबै श्रमिकलाई श्रम शोषणका विरुद्धमा आवाज उठाउन उहाँले आग्रह गर्नुभयो ।
#भिडियो
https://youtu.be/o_o1qcaZg80https://youtu.be/o_o1qcaZg80
Shaileshwori
Loading...