
डोटी : सामुदायिक वन उपभोक्ता जिल्ला महासङ्घ डोटीको अध्यक्षमा रवीन्द्र प्रसाद जोशी चयन हुनुभएको छ । शनिवार दिपायल सिलगढी नगरपालिकाको सभा हलमा सम्पन्न सातौँ जिल्ला अधिवेशनबाट जोशीको अध्यक्षतामा नयाँ समिति चयन गरिएको हो । समितिको उपाध्यक्षमा सोमान ओली, सचिवमा बसन्ती थापा र कोषाध्यक्षमा निर्मला शाही चयन भएका छन् ।

त्यस्तै बिस्ना बिस्ट, खडक खड्का, डमरु कार्की, गगन राउत, देव बहादुर नेपाली, इन्द्र बिक, डुमरि बिस्ट, इन्द्र जोशी र योगेन्द्र ढुङ्गा सदस्यमा चयन भएका छन् । महिला र पिछडिएको क्षेत्रबाट २ सदस्य मनोनीत गर्ने गरी १५ सदस्यीय कार्य समिति चयन भएको नव निर्वाचित अध्यक्ष जोशीले बताउनुभयो ।
